
पूर्ण चौलागाईं ।
जुम्लामा नेपाली सेनाद्वारा बिस्फोट प्रदार्थ जोखिम शिक्षा कार्यक्रम संचालन गरिएको छ। निर्वाचनको समयमा शंका लागेका बस्तुहरु देखिने र सुरक्षा चुनौती तथा स्थानिय स्तरमा गर्नुपर्ने विपद् प्रतिकार्यलाई ध्यानमा राखी श्री देवीदत्त गणले नेपाल प्रहरी र निर्वाचन प्रहरी गरी ७९ जनालाई बिस्फोट प्रदार्थ जोखिम शिक्षा कार्यक्रम संचालन गरेको हो।
साथै उक्त गणले निर्वाचन सुरक्षार्थ खडा गरेको बेशहरुबाट जिल्लाका विभिन्न पालिकाहरुका स्थानिय विद्यालयका शिक्षक र विद्यार्थीहरुका माझमा बिस्फोट प्रदार्थ जोखिम शिक्षा र आगालागि नियन्त्रण सम्बन्धि अभ्यास कक्षा संचालन गरेको हो ।
सिंजा गाउँपालिका स्थित भैरव माध्यामिक बिद्यालयका ३ सय जना,सत्यवति मा.बि. गुठीचौरका 40 जना, कनकासुन्दरी मा.वि. लड्कुका १ सय१५ जना, तिला गाउँपालिका देउराली मा.वि. जुम्लाकोटका ७६ जना र तिलाकै सरस्वती मा.वि. का १५० जना विद्यार्थी र शिक्षकहरुलाई सचेततामुलक कार्यक्रम दिइएको छ।

विद्यार्थी र शिक्षक हरु मार्फत समाजमा सकारात्मक शिक्षा छिटो प्रबाह हुने हुँदा विद्यार्थीहरुलाई नै सो शिक्षा दिइएको सेनाले बताएको छ।




हाम्रो कर्णाली । १६ फाल्गुन २०८२, शनिबार २०:०५