
जुम्ला । नेपाली कम्युनिस्ट पार्टी जुम्लाले १ हजार ९९९ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको छ ।
समितिको संयोजकमा केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज गाेमा गाैतम ( कुवँर) लाई जिम्मेवारी दिइएको छ । यो समितिले जिल्लाका अगुवा कार्यकर्ता भेलाबाट गठन गरिएको हो ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सो क्षेत्रबाट नेपाली कम्युनिस्ट पार्टीको उम्मेदवार नरेश भण्डारी रहेकाछन् ।उक्त पार्टीले उम्मेदवार भण्डारीलाई जिताउनका लागि यहाँका आठवटै स्थानीय तहमा समेत इन्चार्ज र सह इन्चार्ज समेत ताेकेकाे छ।

हाम्रो कर्णाली । १७ माघ २०८२, शनिबार १७:२३