
जुम्ला क्याम्पस सभापतिमा काँग्रेस निकट विद्यार्थी संगठन नेविसंघका महेश हमाल बिजयी भएका छन् ।
जुम्ला वहुमुखी क्याम्पस स्ववियू निर्वाचन समितिका अनुसार हमालले १४२ मत ल्याएर विजय हात पारेका हुन । उनका प्रतिद्धन्दी अखिल क्रान्तिकारीका सभापति उम्मेदवार विष्णु भण्डारीले १३९ मत ल्याएका छन् । निरन्तर अग्रता कायम गरेका भण्डारी अन्तिममा नेविसंघका हमाल भन्दा पछि परेका हुन् ।
निर्वाचन समितिका संयोजक प्रकाश खत्रीका अनुसार सचिवमा अखिल कान्तिकारीका जयकृष्ण जैसी बिजय भएका छन् । जैसीले १४० मत ल्याएका छन् । उनका प्रतिद्धन्द्धी अनेरास्ववियूका अनिता नेपालीले १३६ मत ल्याएका छन् । कोषाध्यक्ष एकिकृत अनेरास्वयिूका मेघराज देवकोटाले १५३ मत ल्याएर विजयी भएका छन् । कोषाध्यक्ष देवकोटाका प्रतिद्धन्द्धी अनेरास्ववियूका धनराज बुढाले १४७ मत ल्याएका छन् ।
निर्वाचन सदस्यमा अखिल क्रान्तिकारीका रामप्रकाश वोहरा १७३, अनेरास्ववियूका ईश्वर खत्रीको १५५, अखिल क्रान्तिकारीका आर्विस कार्कीले १४८ मत ल्याएर बिजयी भएका छन् । क्याम्पस स्ववियू निर्वाचनका अनुसार अव समानुपातिक मत गणना शुरु भएको छ । २०६५ सालपछि (१४ वर्ष) स्ववियु निर्वाचन भएकाे हाे ।




हाम्रो कर्णाली । ६ चैत्र २०७९, सोमबार ०८:१६