
तातोपानी गाउँपालिका
गाउँ कार्यपालिकाको कार्यालय
लिताकोट, जुम्ला
कर्णाली प्रदेश, नेपाल
मिति ः २०७९।११।३०
तातोपानी गाउँपालिका जुम्लाको सार्वजनिक सुनुवाई हुने सम्वन्धी अत्यन्त जरुरी सूचना
यस तातोपानी गाउँपालिकाको मिति २०७९।११।२९ गते बसेको गाउँ कार्यपालिकाको बैठकको निर्णयानुसार यस गाउँपालिकाको चालु आर्थिक बर्ष २०७९।०८० को दोस्रो चौमासिक समिक्षा तथा सार्वजानिक सुनुवाई कार्यक्रम मिति २०७९।१२।०७ गते बिहान ११ बजे पालिकाको प्राङ्गणमा हुने भएकाले सो कार्यक्रममा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, सबै वडा अध्यक्ष, कार्यपालिका सदस्य, गाउँसभा सदस्य, बिषयगत शाखा प्रमुख तथा कर्मचारी, वडा सचिव, निवर्तमान जन प्रतिनिधि, राजनैतिक दलका प्रतिनिधि, नागरिक समाज, बुद्घिजिवि, पत्रकार, सर्वसाधारण, उपभोक्ता समितिका प्रतिनिधि, गैर सरकारी संघ सस्थाका प्रतिनिधि तथा सरोकार राख्ने सम्पूर्णलाई उपस्थित भईदिनहुन अनुरोध छ ।
तीर्थ बहादुर कठायत
प्रमुख प्रशासकिय अधिकृत




हाम्रो कर्णाली । १ चैत्र २०७९, बुधबार १९:०८