श्रीमति हत्या घटनाका आरोपित पक्राउ

जुम्ला ः तिला गाउँपालिका –४ नुवाकोटका ४७ वर्षीय आइते सार्कीलाई प्रहरीले श्रीमति हत्या गरेको आरोपमा पक्राउ गरेको छ । २३ वर्षीया ममता नेपालीलाई कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले फागुन २७ गते घरबाटै पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक यमबहादुर बुढामगरका अनुसार कुटपिट गरेर घाइते बनाएको र समयमै उपचार नहुँदा मृत्यु भएको देखिएको छ । प्रारम्भिक बयानमा श्रीमान सार्कीले कुटपिट गर्दा बेहोस भएको बताएको छ । उनले भन्नुभयो मृतकको शव कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा पोस्टमार्टमका लागि ल्याइएको छ ।
प्रहरीलाई फागुन २७ गते दिउँसो २ बजेतिर खबर प्राप्त भएको थियो । शवको प्रकृति हेर्दाखेरी एक हप्ताअघि नै हत्या गरेर घरमा लुकाएर राखेको देखिन्छ,’ प्रहरी निरीक्षक बुढामगरले भने, ‘शव कुहिसकेकोले श्रीमतिलाई केले प्रहार गरेको भन्ने पत्ता लाग्न सकेको छैन । पोस्टमार्टम रिपोर्टले सबै स्पष्ट पार्नेछ । श्रीमानले श्रीमति बिरामी भएको छिमेकीलाईसम्म थाहा नदिनु, घरमै लुकाएर राख्नुले हत्या गरेको पुष्टि हुन्छ’, उनले भने ।




प्रतिक्रिया दिनुहोस्

यो पनि हेर्नुहोस्...