तातोपानी- ४ मा नेपाली सेनाद्वारा शंकास्पद बस्तु डिस्पोज

पूर्ण चौलागाईं ।
जुम्लाको तातोपानी- ४ मा नेपाली सेनाद्वारा शंकास्पद बस्तु डिस्पोज गरिएको छ। तातोपानी- ४ स्थित जैतपुरको खुला चौरमा लामो समयदेखि रहेको शंकास्पद बस्तु डिस्पोज गरिएको देबिदत्त गणका गणपति धिरज थापाले बताए ।
स्थानियले खबर गरेपछी देबिदत्त गणबाट खटिएको नेपाली सेनाको बम डिस्पोजल टोलिले सो सकेट बम जस्तो देखिने शंकास्पद बस्तु डिस्पोज गरेको देबिदत्त गणका गणपति थापाको भनाइ छ। उक्त बस्तु खिया लागेर लामो समयदेखी बेबारिसे अबस्थामा रहेको थियो।




तपाईको प्रतिक्रिया