महिला दिवसको अवसरमा सन्देश मुलक सडक नाटक प्रर्दशन


जुम्ला ः ११३ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा सन्देश मुलक सडक नाटक प्रर्दशन गरिएको छ । भुरिचुला मल्टिमिडिया जुम्लाको आयोजनामा पातारासी गाउँपालिकाको डिल्लीचौर लासी, तातोपानी गाउँपालिकाको लिताकोट र तिला गाउँपालिकाको रारालिहिमा सडक नाटक प्रर्दशन गरिएको हो ।
सडक नाटकमार्फत महिला हिंसा गर्न नपाइने र हिंसा गरेको खण्डमा कानुनी कारवाही हुने सन्देश प्रवाह गरिएको भुरिचुल्ला मल्टिमिडिया जुम्लाका सञ्चाक तथा कलाकार पूर्णप्रसाद चौलागाई बताए । उनले भने गाउँघरमा विभिन्न बाहनामा महिला तथा घरेलुहिंसा हुने गरेको छ । महिला हिंसा सहेर बसेका हुन्छन् । हिंसा सहन नहुनै भन्दै कानुनी कारवाहीका लागि सम्वन्धित निकायमा उजुरी गर्न गर्नु सन्देश दिएको थियो ।

यस्तै पुरुषले दोस्रो विवाह गरेर पहिलो श्रीमति हिंसा गरेको हुन्छ र श्रीमानले पनि दोस्रो श्रीमतिबाट हिंसा खेपेको पनि नाटकमार्फत चित्रण गरिएको कलाकार तथा पत्रकार मानबहादुर कुवँरले बताए ।
सडक नाटकका कलाकारहरु पूर्णप्रसाद चौलागाई (लहविर), मानबहादुर कुवँर (भैरे), नवराज नेपाली (डोको), राजकली महत र सरिता परियार रहेका थिए ।




तपाईको प्रतिक्रिया