जुम्लामा पनि मनाईयो ११३ औँ अन्तर्राष्ट्रिय महिला दिवस


जुम्ला ः ११३ औ अन्र्तरािष्ट्रय महिला दिवस जुम्लामा पनि मनाएको छ । चन्दननाथ नगरपालिका, प्रहरी प्रशासन, जिल्ला समन्वय समिति, इन्सेक, किर्डाक, पेस नेपाल, लगायतका सरोकारवाला निकायको समन्वयमा महिला दिवस मनाएको हो ।
यहाँको सदरमुकाम खलंगा चन्दननाथ नगरपालिकामा बृहत ¥यालीसहित टुडिखेल मैदानमा देउडा प्रतियोगिता, मञ्च कार्यक्रम गरेर महिला दिवस सम्पन्न भएको हो ।
नगरउपप्रमुख रामदेवी खड्काकाको अध्यक्षता, जिल्ला समन्वय प्रमुख गौरीनन्द आचार्यको प्रमुख आथित्यता, नगरप्रमुख राजुसिंह कठायत, प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केसरी सहित सुरक्षा निकाय प्रमुखहरु, राष्ट्रिय मानव अधिकार आयोग सहित सरोकारवाला निकायको उपस्थितिमा दिवस मनाईएको हो ।


चन्दननाथ नगरपालिका महिला शाखाले गठन गरेका ४ वटा सहकारी, ढाणथपालाको देउडा गित संरक्षण समुहले सन्देश मुलक देउडागित प्रस्तुत गरिएको थियो ।
दिवसको अवसरमा सहायक महिला निरीक्षक अम्विका मल्लले कार्यपत्र प्रस्तुत गरेकी हुन् । जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यले अहिले पनि छोरा र छोरी जन्मदा विभेद हुने गरेको भन्दै यस्ता काम रोक्नु पर्ने बताए । उनले हिजो धार्मिक रुपमा बढ्दो विभेद थियो । अव समय वदलिएको छ ।
नगरउपप्रमुख रामदेवी खड्काले भनिन् विश्वमा महिला राज्यको प्रमुख पदमा गएकाले महिला कमजोर छन भन्ने दृष्टिकोण वदल्नु पर्दछ । उनले संघीयता पछिको स्थानीय सरकारले अव महिला मुलधारमा ल्याउनका लागि विभिन्न कार्यक्रम गर्दै आएको बताइन् ।
प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केशरीका अनुसार महिला सशक्तिकरण बढ्दै गएको छ । महिलालाई मुलधारमा ल्याएका लागि नीतिगत रुपमा काम गर्दै आएका छ । उनले भने अझै थप सशक्त बनाउनका लागि गर्नुपर्ने देखिन्छ ।




तपाईको प्रतिक्रिया