प्रेस सेन्टर कर्णाली प्रदेशकाे अध्यक्षमा भट्टराई निर्वाचित

पूर्ण चौलागाईं ।
प्रेस सेन्टर नेपाल कर्णाली प्रदेश समितिको अध्यक्षमा प्रतीक भट्टराई सर्वसम्मत निर्वाचित भएका छन् । भट्टराई दोस्रो कार्यकालको लागि चयन भएका हुन् । तेस्रो अधिवेशनबाट भट्टराईको नेतृत्वमा २२ सदस्यीय समिति गठन गरिएको प्रेस सेन्टर नेपाल कर्णाली प्रदेशका इन्चार्ज ओपेन्द्र शर्माले बताए । यस्तै उपाध्यक्षमा धर्मराज जिसि (सुर्खेत), उपाध्यक्षमा उपेन्द्र न्यौपाने (जुम्ला) , उपाध्यक्षमा तुलसा रोका (पश्चिम रुकुम),महासचिवमा अशोक कुमार सिंह (कालिकोट), सचिवमा तिलकराज वलि (सल्यान), सचिव : नरजङ तामाङ (हुम्ला),सचिवमा जुना कुमारी रावत (जाजरकोट),सचिवमा प्रिमा कुमारी बिश्वकर्मा ( प्रेरणा,कालिकोट) सचिवमा तुलाराज चौलागाईं (आकाश, कालिकोट) र कोषाध्यक्ष : कृष्ण शर्मा (दैलेख) चयन भएको कर्णाली प्रदेशका इन्चार्ज शर्माले बताउनुभयो । सदस्यहरुमा खड्का मगर (पश्चिम रुकुम),कल्पना रावत (जुम्ला), सुनिल महरा (पश्चिम रुकुम), काली बहादुर नेपाली (जाजरकोट),इन्द्रवहादुर बुढाथोकी (सल्यान) ,बिक्रम तिरुवा ( सलिन जुम्ला),गोविन्द विश्वकर्मा (सुर्खेत),रमेश जैसी (जाजरकोट ),टिकाराज उपाध्याय ( कालिकोट),राकेश बिक (दैलेख ) चयन भएको प्रेस सेन्टर कर्णाली प्रदेशले जनाएको छ। लेखा समिति संयोजकमा प्रचण्ड खत्री ( पश्चिम रुकुम) निर्वाचित भएका छन् । ४ जना पछि सदस्यमा मनोनीत गरिने संगठनले जनाएको छ।

तपाईको प्रतिक्रिया