पूर्ण चौलागाईं ।
जुम्लाबाट यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा २ हजार ४२६ विद्यार्थीले परिक्षा दिएका छन् । जुम्लाका ८ स्थानीय तहका २ हजार ४२६ विद्यार्थी आजकाे परिक्षामा सहभागी भएको शिक्षा विकास तथा समन्वय इकाई जुम्लाका प्राबिधिक सहायक खेमराज पन्तले बताए ।
परीक्षाका लागि छात्रतर्फ १ हजार २२७ जना र छात्रातर्फ १ हजार २०० जना आजकाे परिक्षामा उपस्थित भएका छन् ।
छात्रतर्फ ३७ जना र छात्रा ३२ जना गरि ६९ जना साधारणतर्फकाे आजकाे परिक्षामामा अनुपस्थित भएका छन्। प्राविधिक धारतर्फ छात्रतर्फ ७४ र छात्रातर्फ ८० जना गरि १५४ जना आजकाे परिक्षामा अनुपस्थित भएको पन्तको भनाइ छ।
जुम्लामा १६ परिक्षा केन्द्र रहेको र शान्तिपुर्ण ढंगले आजको पहिलो दिनको अनिवार्य अङ्ग्रेजी बिषयको परिक्षा सम्पन भएकोे जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख छेदिलाल कामतिले बताए ।






