तिलाका चार जोडी सम्मानित

पूर्ण चौलागाईँ।
जुम्ला तिला गाउँपालिकाका चार जोडी सम्मानित भएका छन्। १ सय १५ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा चार जाेडी सम्मानित भएका हुन्। अन्तरजातिय विवाह गरेका जोडि एक र वडाको सिफारिसमा २० बर्ष माथिका तीन जोडीलाई पालिकाद्रारा सम्मान गरिएको हो।
अन्तरजातिय विवाह गरेका तिला २ का शक्ति कामी र गीता बुढा मगरको जोडीलाई सम्मान गरिएको तिला गाउँपालिका अध्यक्ष मोलिलाल रोकायाले बताए। अन्तरजातीय विवाह गरी समाज रुपान्तरणको एक उदाहरणीय काम गरेको भन्दै सो जोडीलाई हौसला प्रदान गर्न पालीकाले सम्मान गरेको अध्यक्ष रोकायाको भनाई छ।
त्यस्तै वडाको सिफारिसमा २० बर्ष माथिका विवाह गरेका तीन जोडीहरुमा तिला-१ का राजेन्द्र बस्नेत र वसन्ती रावत, तिला -३ का परान बुढा र चन्द्रमाया बुढा र तिला -४ का हिराचन्द्र चौलागाईँ र आसा न्याैपाने सम्मनित भएको उपाध्यक्ष गोरिकला बुढाले बताइन्। बालविवाह न्यूनीकरण गर्नु पालिकाको पहिलो प्राथमिकता रहेको हुँदा आगामी दिनमा यसलाई न्यूनीकरण गर्ने हेतुले सम्मान स्वरुप पालिकाको तीन जोड़ीलाई सम्मान गरिएको उपाध्यक्ष बुढाको भनाई छ।
तिलाले आयोजना गरेको उक्त दिवसमा महिलाहरुले संघर्ष गरेर ल्याएको दिवसलाई हर्षका साथ मनाउनु पर्ने र आफ्नो अधिकारका लागि महिला जाग्नु पर्ने महिला अगुवा लक्ष्मीकन्या बुढाले बताइन्।
उक्त दिवसमा तिलाका ९ वटै वडाका महिलाले विभिन्न कार्यक्रममा भाग लिई दिवसलाई भव्य र सभ्य रुपमा मनाइएको महिला तथा बालबालिका शाखा प्रमुख गौरी थापाले बताइन्।




तपाईको प्रतिक्रिया