
पूर्ण चौलागाईँ जुम्ला।
युवालाई स्वरोजगार बनाउन मोटर ड्राइभिङ तालिम दिएको छ।
कनकासुन्दरी गाउँपालिकाका युवाहरूलाई स्वरोजगार बनाउन सो तालिम दिएको हो। प्लान इन्टरनेशनल नेपालको सहयोग,आत्म सम्मानका लागि सहकार्य (क्याड) जुम्ला र कनकासुन्दरी गाउँपालिका जुम्लाको समन्वयमा एक महिने माेटर ड्राइभिङ तालिमको दिएको क्याड नेपाल जुम्लाका अध्यक्ष कृष्ण बहादुर महतले बताए। ८ जना बेरोजगार युवालाई रोजगारमुखी बनाउन गाउँपालिकाकाे समन्वयमा क्याड नेपाल जुम्लाले मोटर ड्राइभिङ तालिमको व्यवस्था गरेको हाे। अध्यक्ष महतले भन्नुभयो,” युवालाई स्वरोजगार बनाउन आत्म सम्मानका लागि सहकार्य क्याड जुम्लाको शसक्त बालिका परियोजनाले कर्णाली माेटर ड्राइभिङ ट्रेनिङ सेन्टर जुम्लाबाट तालिम प्रदान गरिएको बताए।” ड्राइभिङ तालिम लिन बेरोजगार युवाको चाहना निकै बढेको छ । १ महिने ड्राइभिङ तालिम लिएपछि सवारी चलाउनमा निकै मद्दत पुग्ने कनकासुन्दरी गाउँपालिका- ३ का स्थानीय युवती सरस्वती बुढाले बताइन्। सिकेका कुरालाई लागू गर्ने आवश्यक रहेको छ। पालिकाले यहाँका बेरोजगार युवालाई आत्मनिर्भर बनाउन विभिन्न सिपमुलक तालिम दिइने गरेको कनकासुन्दरी गाउँपालिका उपाध्यक्ष प्रेमकली बुढाले बताइन् ।




हाम्रो कर्णाली । २१ फाल्गुन २०८१, बुधबार १८:५५