स्याउ रोप्न जुम्ला पुगे विप्लव

पूर्ण चौलागाईँ जुम्ला।
नेपाल कम्युनिष्ट पार्टी (नेकपाका) महासचिव नेत्रविक्रिम चन्द ‘विप्लव’ स्याउ रोप्न जुम्ला पुगेका छन्। दोर्सो पटक जुम्ला पुगेर स्याउका विरुवा रोप्न जुम्ला पुगेका हुन्। हिमा गाउँपालिका ७ धाँचु गाउँको धौलापानीमा उहाँले स्याउका विरुवा रोप्नु भएको हो । गत साल पनि विप्लबले हिमा ७ कै हाडुलेमा १ हजार स्याउका विरुवा रोप्नु भएको थियो ।
आर्थिक क्रान्तिबाट स्वाधिन राष्ट्र निर्माणका लागि जुम्लामा स्याउका विरुवा रोपिएको उहाँको भनाइ छ । ३ वर्ष भित्र पार्टीलाई आत्मनिर्भर बनाउने लक्ष्य अनुसार डेढ वर्षमै खान बस्नसम्मका लागि पार्टी आत्मनिर्भर भइ सकेको उहाँले बताए। उहाँले भन्नुभयो, आर्थिक क्रान्ति नभएसम्म देशको अर्थतन्त्र बलियो हुँदैन् । कृषि क्रान्तिबाटै देशलाई नयाँ उचाईमा पुर्याउन सकिने विप्लवको भनाइ छ ।
हिमा ७ धाँचु गाउँका स्वर्गी विष्णु वहादुर शाहीकी छोरी कृष्णकौरा शाहीको १५ हजार वर्गमिटर जग्गा २० वर्षका लागि भाडामा लिएर नेकपाले स्याउ रोपेको छ । स्याउले उत्पादन दिन थालेपछि २५ प्रतिशत आम्दानी फिर्ता हुने गरी नेकपाले जग्गा भाडामा लिएर स्याउका विरुवा रोपेको हो । गत वर्ष हाडुलेमा रोपेका १ हजार मध्ये ८० वटा बाँहेक अरु स्याउका विरुवा पलाएको नेकपाका जुम्लाका इन्चार्ज बिर्खबहादुर शाहीले बताए। यो पटक पनि १ हजार स्याउका विरुवा रोपिने उहाँको भनाइ छ । महासचिव विप्लवले स्याउ रोपेर उद्घाटन गरेको हुनाले नेकपाका कार्यकर्ताले १ हजार स्याउका विरुवा रोप्ने उहाँको भनाइ छ । धाँचु गाउँबासीलाई कृषि क्षेत्रमा आत्मनिर्भर बनाउन जुम्लामा स्याउ बगैंचा स्थापना गर्न थालिएको शाहीले बताए।


नेपाल दलितमुक्ति मोर्चा कर्णाली प्रदेशका कोषाध्यक्ष मंगला विकले १ सय स्याउका विरुवा निःशुल्क दिनु भएको छ । आर्थिक क्रान्तिका लागि सुरु भएको अभियानलाई सहयोग गर्न उहाँले स्याउका विरुवा दिनु भएको हो । महासचिव चन्दसँगै स्थायी समिति सदस्य सन्तोष बुढामगर, महासचिव विप्लवकी पत्नीसहितको टिम जुम्ला पुगेको छ ।




तपाईको प्रतिक्रिया