रक्तदान कार्यक्रम गरी प्रेस चौतारीको स्थापना दिवस मनाइयो

पदम शाही ।
रक्तदान कार्यक्रम गरी प्रेस चौतारीको २७ औं स्थापना दिवस मनाइएको छ। प्रेस चौतारी नेपालको स्थापना दिवसको अवसरमा जुम्ला जिल्ला कार्य समितिले रक्तदान कार्यक्रम गरी सो दिवस मनाएको हो।
कार्यक्रममा प्रेस चाैतारीका अध्यक्ष मानदत्त रावल,पूर्वअध्यक्ष नाैरते नेपाली,चाैतारीका सचिव काली बहादुर परियार,कनका खबर टेलिभिजनमा कार्यरत प्रकाश विश्वकर्मा,तिलाका स्थानीय धनराज बस्नेत,विद्यार्थी नेता लाेकेन्द्र बुढा र यूवासंघ नेपालकी केन्द्रीय सचिव सारादा पछाई लगायत ७ जनाले रक्तदान गरेका प्रेस चौतारीका जुम्ला जिल्ला अध्यक्ष मानदत्त रावलले बताए।
नेपाल पत्रकार महासंघ जुम्लाका अध्यक्ष पूर्ण चौलागाईंले रक्तदान सेवाको उच्चतम रूप भएको बताउँदै यस्तो कार्यले समाजमा सकारात्मक सन्देश जाने बताए।
कार्यक्रममा पत्रकार, स्वास्थ्यकर्मी र समाजसेवीहरूको सहभागिता रहेको थियो।




प्रतिक्रिया दिनुहोस्

यो पनि हेर्नुहोस्...