




पूर्ण चौलागाईँ जुम्ला।
जुम्लाका जीवन हमाल चार दिनदेखि सम्पर्क विहिन भएका थिए। जुम्ला चन्दननाथ नगरपालिका वडा नं २ निवासी ४२ वर्षीया हमाल सम्पर्क विहिन थिए।भारतको प्रयागराजको तीर्थ यात्रा गरी सकेपछि नेपाल फर्किने क्रममा भारतको बनारसदेखि चार दिनदेखि सम्पर्क विहिन रहेको हमालका अहिले भर्खर मात्र भेटिएका आफन्त नन्द बहादुर मल्लले बताए।






