
पूर्ण चौलागाईँ
माघ १७ जुम्ला।
प्रेस चौतारी नेपाल जुम्लाको अध्यक्षमा मानदत्त रावल निर्वाचित भएका छन्। प्रेस चौतारी नेपाल जुम्लाको ४ औं जिल्ला अधिवेशनबाट रावल निर्वाचित भएका हुन्। मानदत्त रावलले नेतृत्व गरेको कमिटीको उपाध्यक्षमा सपना रावत र महिला उपाध्यक्षमा लक्ष्मी न्याैपाने निर्वाचित भएका छन् । यस्तै सचिवमा काली बहादुर परियार चुनिएका छन् भने सहसचिव दिपक बुढ्थापा, प्रभा भण्डारी र कोषाध्यक्षमा महेश चाैलागाई निर्वाचित भएका छन् । रावलकाे अध्यक्षतामा १५ जिल्ला कार्यसमिति निर्वाचित भएको छ।





हाम्रो कर्णाली । १७ माघ २०८१, बिहीबार १६:३७