
पूर्ण चौलागाईँ
माघ १६ जुम्ला।
अखिल( कान्तिकारी) को निर्वाचन आयोगको केन्द्रीय अध्यक्षमा जुम्लाका भीम राज रेग्मी निर्वाचित भएका छन्। अखिल( कान्तिकारी) को २३ औं राष्ट्रिय सम्मेलनबाट रेग्मी निर्वाचित भएका हुन्। नवीन देवकोटालाई हराउँदै रेग्मी ८ मत अन्तरले विजय भएका हुन। देवकोटाले ४ सय ३८ र रेग्मीले ४ सय ४६ मत प्राप्त गरेका थिए।
२०६७ साल बाट शिक्षा क्याम्पस अनेरास्ववियु ( क्रान्तिकाती)राजनीति सुरु गरेका रेग्मीले २०७२ साल सम्म शिक्षा क्याम्पसका विभिन्न कमिटिमा काम गरी २०७९ सालमा मध्य पश्चिम विश्व विद्यालको अध्यक्षको जिम्मेवारी समेत प्राप्त गरी सकेका छन् ।
समयदेखि बिद्यार्थी राजनीतिमा रेग्मीले महत्वपूर्ण योगदान दिएका थिए।
अखिल( कान्तिकारी) को गरिमालाई थप उचाईमा पुर्याउन आफू प्रतिबद्ध रहेको निर्वाचन आयोगको केन्द्रीय अध्यक्षमा निर्वाचित रेग्मीको भनाई छ।




हाम्रो कर्णाली । १६ माघ २०८१, बुधबार २२:०७