यूवालाई शसक्तिकरण गर्ने उद्देश्यले नमुना यूवा गाउँ सभा अभ्यास तालिम संचालन

पूर्ण चौलागाईँ।
यूवालाई शसक्तिकरण गर्ने उद्देश्यले जुम्लामा नमुना यूवा गाउँ सभा अभ्यास तालिम संचालन गरिएको छ।
स्थानीयतहकाे नीति निर्माणमा अर्थपूर्ण सहभागिता गर्न र क्षामता विकासका लागि सो तालीम सञ्चालन गरिएको हो। प्लान नेपालकाे आर्थिक सहयाेग र क्याड नेपालकाे आयाेजनामा सिंजा क्षेत्रका तीन पालिकाका यूवाहरुकाे सहभागितामा पहिलाे पटक नमुना यूवा गाउँसभा अभ्यास कार्यक्रम सम्पन्न भएकाे हो ।
तीनदिन सम्म संचालन नमुना गाउँसभा अभ्यास कार्यक्रममा यूवालाई पालिका स्तरमा नीति निर्माण,याेजना निर्माण,विकास निर्माण,लगायतका क्षेत्रमा अर्थपूर्ण सहभागिता कसरी गर्ने र नमुना गाउँसभा कसरी संचालन गर्ने विषयमा प्रशिक्षण दिईएकाे छ ।
कार्यक्रमकाे समापनमा जिल्ला समन्वय समितिका कार्यबाहक प्रमुख नर वीर सुनारले प्लान नेपालकाे सहयाेगमा क्याड नेपालले यूवा शसक्तिकरण,सामाजिक कुरिति अन्त्यका लागि उल्लेखिय काम गरिरहेकाे बताए ।
पत्रकार महासंघ शाखा जुम्लाका अध्यक्ष पूर्ण प्रसाद चाैलागाँईले यूवाकाे सशसक्तिकरण,सामाजिक विकृतीकाे न्युनिकरणका लागि प्लान नेपाल र क्याडले गरेकाे काम प्रशसनिय रहेकाे बताए ।


क्याड नेपालका परियाेजना संयाेजक प्रेमसिंह ठकुरीले सिंजा क्षेत्रका तीन पालिकाका यूवाहरुकाे क्षामता विकास र स्थानीयतहकाे हरेक नीतिगत क्षेत्रमा अर्थपूर्ण सहभागिता गराउने विषयमा सचेत बनाईएकाे उल्लेख गरे ।
नमुना यूवा गाउँसभा अभ्यास कार्यक्रममा सिंजा क्षेत्रका हिमा,सिंजा र कनकासुन्दरी गाउँपालिकाका ३० जना यूवाको सहभागीता रहेको थियो ।



प्रतिक्रिया दिनुहोस्

यो पनि हेर्नुहोस्...