तातोपानीमा पहिलो पटक शैक्षिक मेला

पूर्ण चौलागाईँ।
बालबालिकाकाे सिकाई बृद्दि तथा सामुदायिक विद्यालयकाे शैक्षिक अबस्था सुधार गर्ने उद्देश्यले तातोपानीमा पहिलो पटक शैक्षिक सामाग्री प्रर्दशन तथा पढाइ मेलाकाे आयाेजना गरिएकाे छ।
सामुदायिक विद्यालयकाे शैक्षिक अबस्था सुधारका लागि ताताेपानीमा पहिलाे पालिकास्तरीय शैक्षिक सामाग्री प्रर्दशन तथा पढाइ मेला आयाेजना गरिएकाे ताताेपानी गाउँपालिका अध्यक्ष नन्दप्रसाद चाैलागाँईले बताए। सामुदायिक विद्यालय सुधार शैक्षिक गुणस्तर कायम गर्नका लागि ताताेपानीले शिक्षा क्षेत्रलाई विशेष प्रथामिकता दिएकाे अध्यक्ष चौलागाईंको भनाई छ।


किर्डाक नेपाल सेभ द चिल्ड्रेन तथा सहयात्रा तेस्राे परियाेजना तथा पालिकाकाे संयुक्त आयाेजनामा ताताेपानीमा पहिलाे पटक पढाइ मेला भएकाे हाे । सहयात्रा तेस्राे परियाेजनाले शिक्षा क्षेत्रकाे विकासका लागि विभिन्न गतिविधि गरिरहेकाे छ ।
स्थानीय स्तरमा रहेका स्राेत साधनकाे अधिकतम प्रयाेग गर्दै आफ्नाे सीप क्षामताकाे उपभाेग गर्दै ताताेपानीका सामुदायिक विद्यार्थीलयका बालबालिकाले विभिन्न सामाग्री निर्माण गरेका थिए।
पढाइ मेलामा पालिकामा रहेका २९ वटा सामुदायिक विद्यालयध्य २० वटा विद्यालयकाे सहभागिता रहेकाे थियाे । उत्कृष्ट शैक्षिक सामाग्री निर्माण,पठन सीप,सिकाईकाे अबस्था,सामाग्री बारे बालबालिकाले गरेकाे व्यख्या,शैक्षिक सामाग्रीले नियमित पठन पाठनमा पार्ने सकरात्मक प्रभाव लगायतका विषयमा मुल्यांकन गर्दै उत्कृष्ट चार विद्यालय समेत छनाेट गरिएकाे छ ।
जसमा २० वटा विद्यालयले राखेका स्टलहरु तथा सबै पक्षकाे अनुगमन पक्षश्चता कालिका आधारभूत विद्यालय लिताकाेट प्रथम भएकाे छ ।
त्यस्तै दाेस्राेमा सुन्दरमणि आधारभूत विद्यालय,तेस्राेमा कालिका आधारभूत विद्यालय हियाखाेला र कालिका मावि टाेप्ला र हिमाली आधारभूत विद्यालय बाबिरा चाैथाे भएकाे मुल्यांकन समितिका सदस्य चक्र बहादुर जीसिले बताए।उत्कृष्ट हुने चार वटै विद्यालयलाई शैक्षिक सामाग्रि तथा नगद पुरस्कार प्रदान गरिएको छ ।

तपाईको प्रतिक्रिया