




कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विगत तीन सातादेखि लगाइएको ताला नखुल्दा बिद्यार्थी मर्कामा परेका छन् ।
प्रतिष्ठानमा कार्यरत शिक्षक कर्मचारीले स्तरबृद्दिकाे माग गर्दै गत मंसिर ३ गतेबाट प्रतिष्ठानकाे शैक्षिक तथा प्रशासनिक भवनमा ताला लगाएका हुन् । आन्दाेलनरत कर्मचारी र प्रतिष्ठानका पदाधिकारी बीच सहमती नहुँदा अझै ताला खाेलिएकाे छैन। हाल प्रतिष्ठानका जिम्मेवार पदाधिकारी उपकुलपति र रजिष्टार काठ्मान्डाैँमा छन् । भने यता आन्दाेलित कर्मचारीहरुकाे आन्दाेलन जारी रहँदा ताला खुल्ने टुंगाे छैन् ।
प्रतिष्ठानका पदाधिकारीले लाेकसेवाकाे प्रक्रियाबाट बढुवा गर्ने अडान लिएका छन् । भने कर्मचारीहरुले प्रतिष्ठानकै नियमनुसार बढुवा हुनु पर्ने माग राखेर छन् । दुबै पक्षका आआफ्नै अडानले प्रतिष्ठान अनिर्णयकाे बन्दी बनेकाे छ । भने कर्मचारी र पदाधिकारीकाे अडानकाे चपेटामा विद्यार्थी परेका छन् ।
तीन सातादेखि प्रतिष्ठानकाे शैक्षिक प्रशासनिक भवनमा तालाबन्दी हुँदा नियमित पठनपाठन मात्र ठप्प भएकाे छैन् । मंसिर दाेस्राे सातातिर परीक्षा भई विदाई हुनु पर्ने बीएनएस तेस्राे वर्ष र बीएमएस तेस्राे वर्षका विद्यार्थीकाे फाईनल परीक्षा अझै हुन सकेकाे छैन् ।
क्यालेण्डर अनुसार ढिलाेमा मंसिर १८ गतेभित्र फाईनल परीक्षा सकेर जुम्लाबाट बिदाई भईसक्नु पर्नेमा हाल सम्म वार्षिक परिक्षाकाे फारम समेत नखुलेकाे र परीक्षा हुने टुंगाे समेत नहुँदा समस्यामा परेकाे प्रतिष्ठानका बीएनस र बीएमएस विद्यार्थीले गुनासाे पाेखेका छन् ।
साेमबार पत्रकार भेटघाटमा विएनएस तेस्राे वर्षमा अध्यायनरत सुजिता शाहिले मंसिर १८ मै सकिनु पर्ने फाईनल परीक्षा लगायतका शैक्षिक कार्यक्रम अझै नहुँदा दाेहाेराे मर्कामा परेकाे बताईन् ।
अन्य कलेजका हाम्रै ब्याजका फाईनल परीक्षा सकेर सेवामा गर्न गईसकेका छन् । उनले भनिन,’जुम्लाबाट पनि करिब ९ जना जागिर गर्न जानू पर्ने छ । अन्य विद्यार्थीकाे बाेन्डिङकाे काम छ । तर प्रतिष्ठानमा तालाबन्दी भन्दै फाईनल परिक्षाकाे टुंगाे छैन् । यसले गर्दाआर्थिक र करियर दुबै नाेक्सान भएकाे छ । चाडै परीक्षा हुनुपर्छ ।’
मंसिर १८ गते परिक्षाकाे फारम समेत खुलाउन पत्र दिएपनि शिक्षाध्यक्षले तालबन्दी नखुलेसम्म केही भन्न नसकिने तर्क दिएकाे विद्यार्थी बताउँछन् ।
विएनएस तेस्राे वर्षका १२ जना जना र बीएमएस तेस्राे वर्षका ७ जना विद्यार्थी गरि १९ जनाकाे फाईनल परिक्षा कहिले हुने टुंगाे नलाग्दा अन्याैलमा परेका छन् ।
बीएमएस अध्यायनरत चण्डीका श्रेष्ठले आफ्नाे स्तरबृद्दिका लागि आन्दाेलनरत पक्षसंग विद्यार्थीकाे कुनै सराेकार नभएकाे बताउदैँ फाईनल परीक्षाकाे टुंगाे लगाउनु पर्ने उल्लेख गरिन् ।क्यालेन्डर अनुसारका सम्पूर्ण कार्य समापन भैसकेको छ । तर मंसिर १८ मै हुने भैसक्नु पर्ने परिक्षाको कुनै सुचना प्रकाशत पनि भएकाे छैन् । सम्पुर्ण विद्यार्थी अन्याैलमा छाै । अहिले गएर फेरि फर्किने कि नफर्किने दाेधार छ । परिक्षा फारम यथासिघ्र खुलाई परीक्षा हुनु पर्ने पर्ने हाम्राे माग छ ।’श्रेष्ठले भनिन ।’



