पूर्ण चौलागाईँ।
पातारासी गाउँपालिका–२ फुर्कीसल्ला डाँडामा नेपाल टेलिकमको टावर सञ्चालनमा आएपछि फोरजीसहित टेलिफोन सेवा विस्तार भएको छ । पातारासी गाउँपालिका – १, २ र ३ नम्बर वडाका स्थानीय बासिन्दा सञ्चारको पहुँचमा आएका छन् ।यो टावरबाट टुजी र फोरजी सेवा सञ्चालन गरिएको छ । लामो समयदेखि पलपत्र अवस्थामा रहेको टेलिफोन टावर निर्माण भएपछि सेवा भएको हो।
नेपाल टेलिकमको टावर सञ्चालनमा आएसँगै यहाँका नागरिक दूरसञ्चार सेवाबाट लाभान्वित भएका छन्। लामो समयदेखि ठेकेदारले अलपत्र पारेको सो टावर स्थानिय र स्वयं आफुले दुई वर्षदेखि निरन्तर पहल गरेपछि टावर निर्माण भएर सञ्चालनमा आएको हो अभियानकर्ता भक्तबहादुर बुढाले बताए।
ग्रामीण क्षेत्रलाई प्राथमिकतामा राखेर टेलिकमले काम गरिरहेको नेपाल टेलिकम कार्यालय जुम्लाका प्रमुख सुवास शाहले बताए । उनले भने, यहाँका आठवटै स्थानीय तहका १८ स्थानमा टेलिफोन टावर निर्माण गरी सञ्चार सेवा प्रवाह भएको छ ।