वेथितिविरूद्व जुम्लाका ६० वटै वडामा खबरदारी सभा

पूर्ण चौलागाईँ।
नेकपा (माओवादी केन्द्र) जुम्लाले जिल्लाका सबै वडामा एकसाथ खबरदारी सभा सम्पन्न गरेकाे छ । केन्द्रले जिल्लाका ६० वटा वडामा एकैसाथ खबरदारी सभा सफलतापूर्वक सम्पन्न गरेकाे हाे । नेकपा (माओवादी केन्द्र) जुम्लाका इन्चार्ज नरेश भण्डारीले भ्रष्टाचार,पक्षपात र वेथितिविरूद्व जुम्ला जिल्लाका ६० वटै वडामा एकैसाथ ऐेतिहासिक रूपमा खबरदारी सभा सम्पन्न गरिएकाे बताए।
भ्रष्टाचार,वेथिति, विसंगति न्यूनिकरणमा सरकार लाचार भएको भन्दै माओवादी केन्द्रले स्थानीयस्तरमा खबरदारी सभा गरेकाे सह-इन्चार्ज गाेमा गाैतम (कुँवर) ले बताइन् ।


खबदारी सभाको लागि हरेक वडामा दुईजनाका दरले जिल्लाभर १२० जना नेतालाई वक्ताका रूपमा खटाएकाे बताइएको छ।



प्रतिक्रिया दिनुहोस्

यो पनि हेर्नुहोस्...