कृषि विकास बैंकद्वारा कर्णाली स्वास्थ्य विज्ञानलाई आर्थीक सहयाेग,

पूर्ण चौलागाईँ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई कृषि विकास बैंक कर्णाली प्रदेश कार्यालयले आर्थिक सहयोग गरेको छ। सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत ८ लाखको चेक आईतबार एक कार्यक्रमको बीचमा चेक हस्तान्तरण गरिएको छ। कृषि विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई ८ लाख रुपैयाँ सहयोग प्रदान गरिएको हो।
प्रतिष्ठानका रेक्टर डबल बहादुर धामी र रजिस्ट्रार नृपेन्द्र महतलाई ८ लाखको चेक हस्तान्तरण गरिएको हो। कार्यक्रममा कृषि विकास बैंक लिमिटेड कर्णाली प्रदेश कार्यालयका निर्देशक सुरोज टन्डनले बैंकको सामाजिक उत्तरदायित्व कार्यलाई सदुपयोग गर्नेका लागि कर्णाली स्वास्थ्य विज्ञानलाई साे सहयोग गरेको बताउनुभयो । कर्णाली प्रदेशको स्वास्थ्य र शिक्षा जस्ता क्षेत्रहरूमा बैंकले सहयोग गर्दै आएकाे छ। बैंकले समाजका लागि शिक्षा र स्वास्थ्यमा योगदान पुर्‍याउने नीति अनुरूप कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई सहयोग गरेको निर्देशक टन्डनले जानकारी दिनुभयाे। स्वास्थ्य र शिक्षाजस्ता आधारभूत क्षेत्रहरूमा सहयोग पुर्‍याउनु नै हाम्रो सामाजिक उत्तरदायित्वको प्रमुख उद्देश्य हो। संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) भन्नाले कुनै पनि संस्थाले आफ्नो नाफा बाहेक समाजमा सकारात्मक योगदान पुर्‍याउने उद्देश्यले गरिने प्रयासलाई जनाउँछ निर्देशक टन्डनकाे भनाइ छ। संस्थाहरूलाई समाजप्रतिको जिम्मेवारी बहन गर्न वातावरणीय, सामाजिक, आर्थिक क्षेत्रहरूमा दीर्घकालीन र दिगो विकासको लक्ष्य लिने संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमले प्रतिष्ठानलाई महत्त्वपूर्ण सहयोग भएको प्रतिष्ठानका रेक्टर डा. डबल बहादुर धामीले जानकारी दिनुभयो ।बैंकको यस किसिमको सकारात्मक कदमको सदैब स्वीकार्य छ । डा. धामीले भने, “कृषि विकास बैंकको सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थ्य र वातावरणीय संरक्षणमा निरन्तर योगदान हुनु एउटा उदाहरण हो।’
प्रतिष्ठानका रजिस्ट्रार नृपेन्द्र महतले बैंकको सहयोगलाई खुशीको रूपमा ग्रहण गर्दै यसले सामाजिक उत्तरदायित्वको अभ्यासलाई वास्तविकता दिएको बताउनुभयो । कृषि विकास बैंकबाट नियमित सहयोग हुनु प्रतिष्ठानका लागि उत्साहजनक कुरा हो र यसले स्वास्थ्य सेवामा गुणस्तर सुधार्न सहयोग पुर्‍याउँछ।” बैंकको यो प्रयासले स्थानीय समुदायको जीवनस्तरमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।
सामाजिक उत्तरदायित्वको सिद्धान्तलाई आत्मसात गर्दै कृषि विकास बैंकले यस प्रकारको सहयोगलाई निरन्तरताकाे अपेक्षा राखेको प्रतिष्ठानका रजिस्ट्रार महतले बताउनुभयो ।




तपाईको प्रतिक्रिया