पूर्ण चौलागाईँ जुम्ला।
जुम्लाको तातोपानी गाउँपालिकामा अवस्थित गिडिदहको दुई वर्षे अवधिको प्रगति सार्वजनिक गरिएको छ ।आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो। गिडिदहमा दुईवर्षभित्र क्षेत्रफल सार्वजनिक देखी पदमार्ग र धर्मशाला निर्माण भएको तातोपानी गाउँपालिकाका अध्यक्ष नन्द प्रसाद चौलागाईंले बताए । गुमनाममा रहेको गिडिदहमा तातोपानी गाउँपालिका ४ को आयोजनामा २०७९ साल असोज ६ गते गते गिडिदह सम्मेलन भएको थियो ।
त्यस लगतै गिडिदहको प्रवद्र्धनमा पालिका जुटेको तातोपानी गाउँपालिकाकी उपाध्यक्ष रेवती रावलको भनाई छ।
कर्णालीकै तेस्रो गहिराृे ताल गिडिदहको नाँपजाँच भइ क्षेत्रफल सार्वजनिक भइसकेको छ । राष्ट्रिय ताल संरक्षण विकास समिति काठमाण्डौंको ५ लाख र तातोपानी गाउँपालिकाको ९ लाख गरि कुल १४ लाख बजेटमा काठमाण्डौं विश्वविद्यालयले नाँपजाँच गरि प्रतिवेदन सार्वजनिक गरिसकेको छ । नाँपजाँच प्रतिवेदन अनुसार गिडिदहको लम्बाई १ हजार ५ सय १० मिटर, चौडाई ३ सय १० मिटर र गहिराई ४२ दशमलव ८ मिटर रहेको प्रमुख प्रशासकिय तीर्थ बहादुर कठायतले बताए।
पर्यटकलाई आवतजावतमा सहजताका लागि आर्थिक वर्ष २०८०÷०८१ मा गिडिदह धर्मशाला देखि पाटन सम्म ५ किमि ३ सय मिटर पदमार्ग निर्माण भएको छ । आर्थिक २०८०÷०८१ मा तातोपानी गाउँपालिकाको ७ लाख २५ हजार बजेटमा ५३ सय पदमार्ग निर्माण भएको तातोपानी ४ का वडा अध्यक्ष अमर रोकायाले बताए । पदमार्गका साथै अस्थाई प्रकृतिका काठेपुल समेत निर्माण भएपछि पर्यटकलाई आवतजावतमा सहज भएको वडाअध्यक्ष रोकायले बताए।
पदमार्ग निर्माणका लागि ७ लाख २५ हजारमा सम्झौता भएकोमा तातोपानी गाउँपालिकाबाट कामको अनुगमन पछि ५ लाख ६० हजार भुक्तानी भएको प्रमुख प्रशासकीय अधिकृत तीर्थ बहादुर कठायतले बताएका छन् । यस्तै गिडिदह ताल छेउमा धर्मशाला, खानेपानी र शौचालय निर्माण गरिएको छ । कर्णाली प्रदेशको १५ लाख बजेटमा व्यवस्थित धर्मशाला निर्माण भएको हो । साथै १८ वटा स्थानमा सुचना पार्टीहरु राखिएका छन् ।







हाम्रो कर्णाली । २९ असार २०८१, शनिबार २१:२४