उच्च अदालत सुर्खेत जुम्ला इजलासबाट ९० प्रतिशत मुद्दा फछ्र्योट

जम्ला । उच्च अदालत सुर्खेत,जुम्ला इजलासले ९० दशमलव प्रतिशत मुद्दा फछ्र्योट गरेको छ । उच्च अदालत सुर्खेत,जुम्ला इजलासका मुख्य न्यायाधीश गोकर्ण डाँगीले दिएको जानकारी अनुसार चालु आर्थिक वर्ष २०८०।८१ को हालसम्म दर्ता भएकामध्ये ९० दशमलव ६८ प्रतिशत मुद्दा फछ्र्योट भएको जानकारी दिनुभयो ।
शुक्रबार जिल्लास्थित पत्रकारसँग भेटघाट कार्यक्रममा मुख्य न्यायाधीश डाँगीले सोही आवमा नयाँ दर्ता भएका दुई सय २९ मुद्दा,गतवर्ष बाट ५० वटा मुद्दा जिम्मेवारी सरी आएका सहित कुल जम्मा दुई सय ७९ वटा मुद्दा फछ्र्योट भएकाछन् । अदालतमा २६ वटा मुद्दा फैसलाहुन बाँकी रहेको उच्च अदालत जुम्ला इजलासका मुख्य न्यायाधीश डाँगीको भनाइ छ ।
उच्च अदालत जुम्लामा दुई इजलास छन् । पुराना मुद्दाको सङ्ख्यालाई शून्यमा ल्याउने अदालतको लक्ष्य रहेको मुख्य न्यायाधीश गौतमले बताउनुभयो । अदालतको तथ्याङ्क अनुसार दुनियाँवादी फौजदारीतर्फ १ वटामुद्दा रहेकोमा फछ्र्योट भइसकेको छ । दुनियाँवादी देवानीतर्फ २५ वटा मुद्दामध्ये २३ वटा फछ्र्योट भएकाछन् । साथै सरकारबादी फौजदारी मुद्दातर्फ कुल दुई सय २५ वटामुद्दा दर्ता भएकोमा हालसम्म दुर्ई सय ८ वटामुद्दा फछ्र्योट भएकाछन् । भने १७ वटा मुद्दा फैसला हुनबाँकी रहेको छ ।
रिट २८ वटा परेकोमा २१ वटा मात्रै फछ्र्योट हुँदाअझै ७ वटा रिट निवेदनको सुनुवाईहुन बाँकी रहेको उच्च अदालत जुम्ला इजलासका सुचना अधिकारी टंक प्रसाद खत्रीले जानकारी दिनुभयो । अदालतका अनुसार कर्तव्य ज्यानका २४ वटा मुद्दामध्ये २२ वटा,जबरजस्ती करणीका ७१ कामध्ये ६९ वटा,जातिय विभेद तथा छुवाछुतका २ मध्य २ वटा,लागू ओैषधका २२ मध्य १९ वटा,चोरीका २२ मध्य १५ वटा बहुविवाह र बालविवाहका १२ मध्य ११ वटामुद्दा फछ्र्योट भएकोछन् । त्यस्तै सम्बन्ध विच्छेदका ६ वटा मुद्दामध्ये ५ वटा,अंश र जग्गाका १० मध्ये १० वटै फछ्र्योट भइसकेकाछन् ।
सवारी ज्यानतर्फ १३ मध्य १२ वटा,उत्प्रेषण,परमादेश २५ मध्य १९ वटा,ज्यान मार्ने उद्योगका २५ मुद्दा परेकोका २५ वटै मुद्दा फछ्र्योट भएकाछन् । निषेधाज्ञाका ३ मध्ये २ वटा र अन्य ४४ वटा मुद्दामध्ये ४२ वटा मुद्दा फछ्र्योट भएको अदालतले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख गरिएको छ ।
आगामी आवमा मुद्दा बाँकी नराख्ने गरी काम गर्ने भइरहेको छ । अदालतमा मुद्दा लिएर आउने सेवाग्राहीले राहत महसुस हुनेगरी काम भइरहेको अदालतले जनाएको छ । विजय रावत

 



प्रतिक्रिया दिनुहोस्

यो पनि हेर्नुहोस्...