विजय रावत,
जुम्ला। जुम्लाको सिंजा गाउँपालिकाले आर्थिक अनियमिताको चरम पराकाष्ठा सिंजा गाउँपालिका ः कामै नभइ भुक्तानी दिएको खुलास शिर्षकमा प्रकाशित समाचारको खण्डन गरेको छ ।
बेल संचार अनलाइनमा असार २६ गते प्रकाशित समाचारको खण्डन गर्दे गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले भन्नुभयो,“ प्रकाशित समाचारप्रति मेरो गम्भीर ध्यानआकर्षण भएको छ । अध्यक्षको नाम जोडेर भ्रामक समाचार प्रकाशन गरिएकोप्रति मेरो आपत्ति छ । गाउँपालिकामा कर्मचारी र जनप्रतिनिधिको मिलोमत्तोमा बैकल्पिक उर्जा सोलार खरिदमा चरम भ्रटचार भएको भनेर समाचार प्रकाशन भएकोमा सिंजा गाउँपालिकाको गम्भिर ध्यानाकर्षण भएको अध्यक्ष धितालले बताउनुभयो । ”
कपोकल्पित, भ्रामक समाचार लेखेर गाउँपालिका अध्यक्ष तथा प्रमुख प्रशासकीय अधिकृत लगायत कर्मचारीहरुको बदनाम गराउने उद्देश्यले समाचार लेखेको भन्दै गाउँपालिकाले समाचारको खण्डन गरेको छ । बिना आधार पालिकाको बदनामहुने समाचारप्रति कुनै सत्यता नभएको र भ्रममा नपर्न सरोकारवाला सम्पुर्णमा अनुरोध गरेको सिंजा गाउँपालिकाले जनाएको छ ।
यस्तो छ गाउँपालिकाले जारी गरेको ध्यानाकर्षण पत्र
मिति २०८१।३।२६ मा बेल मिडिया प्रा.लिले सिंजा गाउँपालिकामा कर्मचारी र जनप्रतिनिधिको मिलोमत्तोमा बैकल्पिक उर्जा सोलार खरिदमा चरम भ्रटचार भएको भनेर समाचार प्रकाशन भएकोमा सिंजा गाउँपालिकाको गम्भिर ध्यानाकर्षण भएको छ । सो सम्बन्धमा मिति २०८१।३।१६ गते (१०० wat) का सोलार आपुर्तिका लागी दरभाउ पत्र पेश गर्ने सम्बन्धी सूचना तयार भएतापनी प्रमुख प्रशासकीय अधिकृतबाट मिति २०८१।३।७ मा प्रमाणितभै सूचना प्रकाशित गरिएको हो । प्रमुख प्रशासकीय अधिकृतबाट प्रमाणित भएपछी मात्र सुचनालाई आधिकारिक मानिन्छ ।
सो सूचना अवधिभित्र रेपिंड गुरुप प्रा.लि.काठमाडौ मनपा–१६ बनस्लीबाट २४ हजार ७३८, सफा उर्जा कम्पनी प्र.लि.काठमाडौं मनपा १६ बालाजुबाट २४ हजार २६१, सोलार उर्जा प्रा.लि. काठमाडौ मनपा–२ नागार्जुनबाट २४हजार ८८५ र मालिका कम्प्युटर एण्ड जनरल अर्डर सप्लायर्स चनानपा –४ जुम्लाबाट १७ हजार ८०० का दरले कोटेशन प्राप्त भएकामा सबै भन्दा कम दररेटमा दरभाउपत्र पेश गर्ने मालिका कम्प्युटर एण्ड जनरल अर्डर सप्लायर्सलाई मिति २०८१।३।२१ मा खरिदको जिम्मेवारी दिईएको हो । यसरी सबैभन्दाकम दरभाउपत्र पेश गर्ने आपुर्ति कर्तालाई खरिदको जिम्मेवारी दिंदा कसरी कमिसन खाने उद्देश्य हुन सक्छ । मिति २०८१।३।२३ देखी परेको अविरल बर्षाका कारणले कर्णाली राजमार्ग अबरुद्धभई दैलेखमा सोलार लिएर आएको गाडी रोकिएको थियो ।
हाल सडक सुचारुहुंदा मिति २०८१।३।२६ मा मात्र उक्त सोलारहरु कार्यालयमा प्राप्त भएका हुन । जहाँसम्म रकम भुक्तानीको कुरा छ । असार २४ गते राती १२ बजे सुत्र बन्द हुने भएकाले चेक मात्र काटीएको हो । उसको खातामा अहिलेसम्म पनि जम्मा भएको छैन । यदि सामान उपलब्ध नभएको खण्डमा चेकरद्ध गर्न सकिन्थ्यो । उक्त बिषयलाई लिएर बेल मिडिया प्रालिले कपोकल्पित, भ्रामक समाचार लेखेर गाउँपालिका अध्यक्ष तथा प्रमुख प्रशासकीय अधिकृत लगायत कर्मचारीहरुको बदनाम गराउने उद्देश्यले यो समाचार लेखेको देखिन्छ । कुनैपनी छापा मिडिया वा पत्रकारले समाचार समप्रेषण गर्दा सत्य तथ्यमा आधारित रहेर मात्र समाचार छाप्न, लेख्न तथा सम्प्रेषण गर्न पर्दछ ।
यस्तो कोही कसैको उस्काहटमा समाचर लेख्दा समग्र पत्रकारिता पेशाको धज्जी उडाएको छ । उक्त मिडियाले सिंजा गाउँपालिकाको भिडियो डकुमेन्ट्री तयार गरे बापत २÷२ पटक रकम भुक्तानी लिएको हो । पालिकाबाट सुविधापनि लिने र अनि बिना आधार पालिकाको बदनामहुने समाचार लेखेकोमा गाउँपालिकाको बदनाम हुने समाचार प्रति कुनै सत्यता नभएको र भ्रममा नपर्न सरोकारवाला सम्पुर्णमा अनुरोध गर्दै । अव आईन्दा बेल मिडिया प्रालिलाई कोही कसैको लहलहैमा नलाग्न र यस्ता समचार सम्प्रेषण नगर्न सुझाव दिदै समाचारको खण्डन गर्दै गम्भिर रुपमा खेद प्रकट गर्दछौं । सिंजा गाउँपालिका,जुम्ला
पालिकाले दरभाउ पत्र पेश गर्ने सम्बन्धी प्रकाशित गरेको सुचना