जुम्लाका पत्रकार परियारलाई यूवा पत्रकारिता पुरस्कार

 

जुम्ला । जुम्लामा बसेर पत्रकारिकता गर्दे आएका युवा पत्रकार सागर परियारलाई यूवा पत्रकारिता पुरस्कार २०८१ बाट पुरस्कृत भएकाछन् । जुम्लाबाट संचालित कर्णाली मिसन अनलाईन पत्रिकाका प्रशासक तथा प्रधानसम्पादक र रेडियो नेपाल जुम्ला संवाददातामा कार्यरत समेत छन् ।

जुम्लामा लामो समयदेखी पत्रकारिता गर्दै आएका क्रियाशील पत्रकार परियार नेपाल सरकार यूवा तथा खेलकुद मन्त्रालयले प्रदान गर्ने ‘यूवा पत्रकारिता पुरस्कार २०८१‘ बाट पुरुस्कृत भएका हुन् । बुधबार सिंहदबारमा आयोजित एक विशेष समारोहका बीच पत्रकार परियारलाई यूवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठ तथा मन्त्रालयका सचिवले नगद रासी ५० हजार सहित दोसला ओड्याए सम्मान पत्र हस्तान्तरण गरेका हुन् ।

देशभरका पत्रकारहरु मध्य प्रतिस्पर्धाबाट छनोट भई परियारले पुरस्कार प्राप्त गर्न सफल भएका हुन् ।जुम्लामा वि.स.२०७१ सालदेखि पत्रकारितामा सक्रिय पत्रकार सागर परियारले जुम्ला सहित कर्णालीका आर्थिक,सामाजिक,साँस्कृतिक विकास निर्माण,यूवा सशक्तिकरण तथा उद्यमशीलताका क्षेत्रमा कलम चलाउदै आएका छन् ।

पुरुस्कृत भएपछि पत्रकार परियारले मोपसलको पत्रकारिताका संघर्षले सफलता मिलेमा खुसी व्यक्त गरे । साथै पुरस्कार वितरण चिनजानका आधारमा दिन्छन् भन्ने भाष्य आफ्नो लागि गलत सावित भएको समेत उनको भनाई छ । यश अघि पत्रकार परियार स्वःदिप बहादुर स्मृती क्रियाशील पत्रकारिता पुरस्कार लगायत जिल्लास्तरका थुप्रै सम्मान तथा पुरस्कार पाएका छन् ।

 




तपाईको प्रतिक्रिया