सर्केगाड गाउँपालिकाका तत्कालीन अध्यक्ष र उपाध्यक्षसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्धा दायर

काठमाडौँ । हुम्लाको सर्केगाड गाउँपालिकाका तत्कालीन अध्यक्ष कृष्ण रोकाया र उपाध्यक्ष जोशी धामीसहित नौजना विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कृषि पशुपालन फर्ममा तारबार गर्ने नाममा सरकारी रकम हिनामिना गरेको आरोपमा तत्कालीन अध्यक्ष रोकाय र उपाध्यक्ष धामीसहित पालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत रुद्रबहादुर शाही, इन्जिनियर रामराज शाही, सव ओभरसियर पदमबहादुर धामी, लेखापाल पूर्णप्रसाद आचार्य तथा उपभोक्ता समितिका अध्यक्ष शंस रोकाया, सचिव तुलराज रोकाया र कोषाध्यक्ष सेतु रोकायाविरुद्ध १९ लाख ५० हजार रुपैया बिगो कायम गरी मुद्दा दायर गरेको हो ।

अख्तियारका प्रवक्ता नरहरी घिमिरेका अनुसार तत्कालीन पालिका अध्यक्ष रोकाया र उपाध्यक्ष धामी विरुद्ध अख्तियारले कायम गरिएको बिगो जनही कायम गरी कैद र सजायँ मागदावी गरेको छ ।त्यस्तै निमित्त प्रमुख प्रशासकीय अधिकृतसहितका कर्मचारीबिरुद्ध एकमुष्ट बिगो कायम गरिएको छ भने उपभोक्ता समितिमा रहेकालाई मतियारका रुपमा प्रतिवादीब नाएर बिगो बमोजिम जरिवाना र कैद सजाय मागदावी गरिएको अख्तियारले जनाएको छ ।

 



प्रतिक्रिया दिनुहोस्

यो पनि हेर्नुहोस्...