
काठमाडौं । नेपाल पत्रकार महासंघको निर्वाचन अन्तिम समयमा आएर पुनः स्थगित भएको छ ।शुक्रबार महासंघको केन्द्रीय निर्वाचन समितिले विज्ञप्ति जारी गर्दै यही शनिबारका लागि तोकेको निर्वाचन स्थगित भएको जानकारी गराएको हो ।
सहज वातावरण बन्न नसकेको हुँदा निर्वाचन कार्यक्रम स्थगित गरिएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।यसअघि जेठ २६ गतेका लागि तोकिएको निर्वाचन पनि महासंघले अन्तिम समय स्थगित गरेका थियो ।





हाम्रो कर्णाली । २२ असार २०८१, शनिबार ०७:१३