




काठमाडौं । नेकपा एकीकृत समाजवादीको अध्यक्षमा माधवकुमार नेपाल सर्वसम्मत चयन भएका छन्।
बिहीबार काठमाडौंमा जारी महाधिवेशनमा सचिवालय बैठकले नेपाललाई सर्वसम्मतले अध्यक्ष चुनेको हो।असार १६ गतेदेखि काठमाडौंमा एकीकृत समाजवादीको महाधिवेशन जारी छ।
महाधिवेशन हलमा अध्यक्ष मण्डलका अध्यक्ष झलनाथ खनालले सर्वसम्मतले अध्यक्ष नेपाल चुनिएको पढेर सुनाएका थिए। त्यस्तै खनाल पुनस् सम्मानित नेतामा चयन भएका छन्। उनी यसअघि पनि सम्मानित नेता थिए। महासचिवमा घनश्याम भुसाल पनि सर्वसम्मत चयन भएका हुन्। भुसाल यसअघि पनि महासचिव थिए। अन्य केन्द्रीय सदस्य र बाँकी पदाधिकारीहरू शुक्रबारसम्म टुंग्याउने खनालले बताए।



