




विजय रावत,
जुम्ला । जुम्लाको तिला गाउँपालिकाले आर्थिक वर्ष २०८१।०८२ को बजेट निर्माणको लागि विभिन्न सरोकारवालाहरुसंग आगामी आर्थिक वर्षको नीति कार्यक्रम योजना र बजेटको लागि सुझाव माग गर्ने भएको छ ।
पालिकाले प्रस्तावित निति कार्यक्रम तथा योजना निर्माण सम्बन्धि छलफल सुझाव संकलन र अन्तरक्रिया कार्यक्रम पालिकाको सभाहलमा यही असार ७ गतेहुने भएकोले उल्लेखित कार्यक्रममा उपस्थितहुन सबै सम्बन्धि राजनीतिक दल लगायत सरोकारवालाई जानकारी गरिएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढ्थापाले जानकारी दिनुभयो ।
पालिकाको बजेट र योजना निर्माणका लागि सरोकारवालाहरुसँग सुझाव संकलनका पालिका लागि परेको छ । तिलाले संघसंस्था, सरकारी निकाय, बुद्धिजीवी एवं सरोकारवालाहरुसँग सुझाव माग गरिएको छ । निजी क्षेत्र, सरकारी, निकाय तथा सरोकारवाला सबैले यस सम्बन्धमा सुझाव पेस गर्न सक्ने गाउँपालिका अध्यक्ष मोतीलाल रोकायाले बताउनुभयो ।
आगामी असार १० गते सार्वजनिकहुने बजेटमा समावेश हुने निति तथा कार्यक्रमका लागि बजेट निर्माणको तयारीमा पहिलो पटक नागरिक सुझावलाई पनि विशेष प्राथमिकतामा राखिएको छ । बजेट निर्माण प्रक्रियालाई जनमुखी बनाउन आ–आफ्ना सुझाव आम तिला पालिकावासिले राख्न सक्ने गाउँपालिका उपाध्यक्ष गोरीकला बुढाको भनाइ छ ।






