पूर्ण चौलागाईँ जुम्ला।
जुम्लाको सिंजामा करेन्ट लागेर एक जना बालिकाको मृत्यु भएको छ। सिंजा गाउँपालिका वडा नं ३ छ्यानीगाडा निवासी १२ वर्षीया नविना गिरीको करेन्ट लागेर मृत्यु भएको सिंजा गाउँपालिका अध्यक्ष पूर्ण प्रसाद धितालले बताए। गाउँदेखि १५ मिनेटको दुरीमा पर्ने पेटा ढुंगा भन्ने स्थानमा बाख्रा चराउन गएकी बालिकाको करेन्ट लागेर मृत्यु भएको अध्यक्ष धितालले बताए। साथै करेन्ट लागि सोही गाउँ निवासी ७५ वर्षीया हरिकृष्ण गिरी घाइते भएको बताइएको छ।
घटनास्थलमा प्रहरी पठाइएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ।
ठेकदारको लापर्बाहीका कारण बालिकाले ज्यान गुमाउनु परेको स्थानिय जंगराज गिरीले बताए।






