सिंजा-२वडाद्वारा चारसय घरधुरीलाई घरबीमा


जुम्ला । जुम्लाको सिंजा गाउँपालिका-२ ले वडाभित्रका चारसय घरधुरीलाई घर बीमा गरेको छ। गतबर्ष असाेजमा आएकाे अविरल वर्षा र बाढी पहिरोले यहाँका अधिकांश घरमा क्षति गरेपछि नागरिकको राहतका लागि वडाका सबै घरधुरीलाई घर बीमा गरेको वडाध्यक्ष तिर्थ वडले जानकारी दिनुभयो ।

कर्णाली प्रदेश समानिकरण अनुदानकाे बजेटबाट वडाले २ लाख ५० हजार रकम घर बीमा भनेर विनियोजन गरिएको थियो । वडाध्यक्ष वडले भन्नुभयो ,” प्रतिघरलाई ३ लाखकाे शिखर बीमा कम्पनीसंग सम्झौता गरेर घर बीमा वडाले गरिदिएको छ। अब बाढी पहिरो,बर्षा र प्रकृति प्रकाेपले घरमा क्षति गरेपछि बीमा कम्पनीबाट साे बराबरको रकम पाउने वडाध्यक्ष वडकाे भनाइ छ । वडाध्यक्षमा निर्वाचित भएको दुई बर्ष पुगेकाे अवधिमा गरेका कार्य प्रगतिकाे पत्रकार भेटघाट कार्यक्रम मार्फत सार्वजनिक गर्दे वडाध्यक्ष वडले भन्नुभयो ,” आव २०७९-८० मा वडामा १ करोड ४४ लाख ७९ हजार बजेट विनियोजन भएको थियो ।

साे बजेटबाट१७ वटा याेजना सम्पन्न भई संचालनमा आएकाछन्। विभिन्न समाजिक क्षेत्रका सचेतनाका कार्यक्रम समेत संचालन भएको वडाध्यक्ष वडले जानकारी दिनुभयो । गाउँपालिकाबाट वडामा आव २०८०-८१ मा २ करोड ५८ लाख ७० हजार बजेट विनियोजन भएको थियो । कुल बजेटकाे चालू आवकाे फागुनसम्म ७ दशमलव ३५ प्रतिशत खर्च भएको छ। १९ वटा याेजना सम्झौता भई कार्य सम्पन्न भएका याेजनाहरुकाे भुक्तानी दिन बाकी भएकोले खर्च कम भएको हाे । सबै याेजना सम्पन्न गर्नेका लागि उपभोक्ता समिति लागि परेका छन् । जेठको अन्तिम साता याेजनाकाे सबै भुक्तानी गरि सक्ने वडाध्यक्ष वडले जानकारी दिनुभयो ।

विपन्न बालबालिकालाई स्वास्थ्य बीमा गर्नेका लागि ५० हजार बजेट विनियोजन भएको छ। वडाका अति गरिब र विपन्न बालबालिकाकाे स्वास्थ्य बीमा गरेको वडापालिकाले जनाएको छ। उनी माओवादी केन्द्रबाट निर्वाचित वडाध्यक्ष हुन । विजय रावत




प्रतिक्रिया दिनुहोस्

यो पनि हेर्नुहोस्...