सेना दिवसमा जुम्लाका दुई व्यक्ति सम्मानित


जुम्ला ः नेपाली सेना दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा जुम्लाका दुई जनालाई सम्मान गरेको छ । सेनाको २६० औँ स्थापना दिवसको अवसरमा कदर पत्र प्रदान गरेर सम्मान गरेको हो ।
जुम्लाका स्थायी घर भई मुगु जिल्लाका तत्कालिन प्रमुख जिल्ला अधिकारी रोमबहादुर महत र विष्णुबहादुर बुढ्थापालाई सेनाको जंगी अण्डा काठमाडौँले कदर पत्रसहित सम्मान गरेको हो ।

मुगु जिल्लाका प्रमुख जिल्ला अधिकारी महतले प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचन ०७९ स्वच्च, निष्पक्ष तथा भयरहित वातावरणमा सम्पन्न गर्न सम्पूर्ण निकायका प्रमुख तथा छिमेकी जिल्लाका सरोकारवाला निकायसँग आवश्यक समन्वय गरी बर्षातको कारण अवरुद्ध सडक सुचारु गर्न भुमिका निर्वाह गरेको भन्दै सम्मान गरेको हो ।

जुम्ला जिल्लाका समाजसेवी बुढ्थापालाई नेपाली सेनाका विभिन्न गतिविधिहरुमा अमुल्य योगदान दिई सेनाको छवि उच्च राख्न सहयोग गरेको भन्दै सम्मान गरिएको हो । यस्तै मुगुका प्रहरी नायव उपरीक्षकलाई पनि सम्मान गरिएको छ ।
शनिबार विशेष समारोहबीच युद्धकला, शिवरात्रि परेड, तोप बढाइँ, कवाज र आतसबाजी प्रदर्शन गरिएको थियो ।
दिवसमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलगायत सरकारका उच्च पदस्थ व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

 




तपाईको प्रतिक्रिया