जुम्ला,२४ चैत : जुम्ला सदरमुकाम खलङ्गा बजारमा आयाेजना गरिएको नागरिक अभिनन्दन कार्यक्रममा पूर्वराजा ज्ञानेन्द्र वीर विक्रम शाह जुम्ला पुगेका छन्। नागरिक अभिनन्दन कार्यक्रको मुल आयोजक समितिले आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्न पुर्वराजा शाह जुम्ला पुगेका हुन् । पुर्वराजा शाहले सम्बोधनको क्रममा जुम्लामा उत्पादन हुने कालीमार्सी धान, स्याउ, ओखर र तिला, हिमा नदीले सञ्चित हुने खेतीयोग्य जमिन उर्भर भुगोलको विषयमा चर्चा गरेका छन् । यिनै उत्पादनलाई बृद्धि गरी जुम्ला समृद्धि हुने बताउनुभयो । प्रकृतिले भरिपूर्ण सुन्दर जुम्ला यहाँको आफ्नै सहनसहन रहेको छ । नेपाली भाषाको उद्गम स्थल सिंजा जुम्ला नै हो । यो क्षेत्र पशुपालनका हिसावमा पनि महत्वपूर्ण रहेका पुर्वराजा शाहकाे भनाइ छ। ।यहाँको जडबुटिको पनि उत्तिकै महत्व रहेको छ । बजारीकरण गर्न तीनवटै सरकारकाे ध्यान जान जरुरी छ। आज देश कता जादै छ, पत्तो छैन । देश परनिर्भतामा रहेको छ । युवाहरु विदेसिनु पर्ने अवस्था छ । अव देश बनाउनका लागि नागरिककाे काधमा आएकाे पुर्वराज शाहले जानकारी दिनुभयो । पूर्वराजा शाहले चन्दननाथ मन्दिरकोसमेत दर्शन गरेर फर्केका छन।