कर्णालीको रैथानेबाली प्रर्बद्धनका लागि जुम्लामा कृषि कचहरी

पुर्णप्रसाद चौलागाई,
जुम्ला । जुम्लामा कृषि कचहरी हुने भएको छ । यहाँको सदरमुकाम खलंगा बजारमा बृहत कृषि कचहरीकोसबै तयारीपुरा भएको किर्डाक नेपालका कार्यकारी निर्देशक गोविन्द शाहीले जानकारी दिनुभयो ।
गैरसरकारी संस्था कर्णाली एकीकृत ग्रामीण विकास तथा अनुसन्धान केन्द्र (किर्डाक) नेपालको आयोजनामा कृषि कचहरी हुने लागेको हो । कार्यकारी निर्देशक शाहीले भन्नुभयो,“कृषि क्षेत्रका विषयमा संघीय, प्रदेश र स्थानीय तहमा के कस्ता नीति बनेकाछन् यसको कसरी कार्यन्वयन भएको छ ।” आगामी दिनमा के कस्तो नीति आयोजनाहुनु पर्दछ भन्ने विषयमा बृहत कृषि कचहरी बुधबारदेखीसुरु हुने किर्डाक नेपालका कार्यकारी निर्देशक शाहीको भनाइ छ ।
कचहरी शब्दले इतिहासमा मुद्दा छिन्ने जस्तो देखिएतापनि वर्तमान समयमा परिवर्तनका लागि सम्बाद भन्ने भाष्य निर्माण गर्नका निम्ति कचहरी गर्न थालिएको हो । जिल्लामा गरिने कृषि कचहरीले सबै तहका सरकारको कृषि सम्बन्धि नीति बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको किर्डाक नेपाल जुम्लाका संयोजक दिपराज रावतले जानकारी दिनुभयो ।
सरकारले आउँदो आर्थिक वर्षमा बन्ने बजेटमा कर्णालीको कृषिका योजना राख्ने र दिर्घकालीन योजनामा कृषि सम्बन्धि योजना समेटिने गरि कार्यक्रमको तयारी गरिएको छ । कर्णालीमा प्रशस्तै सम्भावना भएको रैथाले बालीबाट आत्मनिर्भर हुन सक्नेगरि व्यापक रुपमा छलफल चलाउन थालिएको किर्डाक नेपालकी अध्यक्ष सम्झना मल्लले बताउनुभयो ।
हाम्रा स्थानीय उत्पादनले हाम्रो स्वास्थ बलियो हुन्छ । तर यही कुरा हामीले थाहा हुदैनन् । हामी निरन्तर छलफल र बहसको माध्यमबाट कर्णालीको कृषि क्षेत्रमा देशको ध्यानाकर्षण गराउनुका लागि यो बहस चलाएको हो । कार्यक्रममा कृषि क्षेत्रका विज्ञ, सरकारी निकायका प्रतिनिधि, कृषि क्षेत्र अनुभवी व्यक्ति र किसानको उपस्थिति रहने किर्डाक नेपाल जुम्लाले जनाएको छ ।




तपाईको प्रतिक्रिया