नागरिक बचाउ अभियान’ का संयोजक प्रसाई जुम्ला आउँदै

पूर्ण चौलागाईँ जुम्ला।
‘नागरिक बचाउ अभियान’ का केन्द्रिय संयोजक दुर्गा प्रसाई बिहीबार जुम्ला आउने भएका छन्। आज जुम्लामा पत्रकार सम्मेलन गरी आयोजकले सो जानकारी गराएको हो।
बैङ्क लगायतका वित्तीय संस्थाका ऋणीहरूलाई मुक्ति दिलाउने नाममा अभियान चलाइरहेका मेडिकल व्यवसायी प्रसाईं जुम्ला आउने भएका हुन्। नागरिक बचाउ अभियानका संयाेजक प्रसाई जुम्लाका  नागरिकलाई सम्बाेधन गर्नका लागि जुम्ला आउने सचिवालय सदस्य विष्णुजँग बस्नेतले बताए।
मंसिर बाट सुरु भएकाे अभियान अहिले देशव्यापी बनेकाे उनले बताए । बैंक तथा वित्तिय संस्थाको आतंक र वेतिथि विरुद्ध देशव्यापी अभियान सुरु गरेका प्रसाईको अभिव्यक्ति सुनि दिनका लागी कार्यक्रममा उपस्थिति हुन सबैलाई आयोजकले अनुरोध गरेको छ ।

तपाईको प्रतिक्रिया