मुख्यमन्त्रीको भागबन्डा टुंगिने, कसको दाबी कहाँ

काठमाडौं । सत्ता गठबन्धन दलहरुले प्रदेश सरकारको भागबन्डा आज टुंगो लगाउने भएका छन् । आज बस्ने गठबन्धनका शीर्ष नेताहरुको बैठकले भागबन्डा टुंग्याउने तयारी भएको हो । बैठक बस्ने समय भने निश्चित भइसकेको छैन ।
गठबन्धनका नेताहरुबीच प्रदेशका मुख्यमन्त्रीका विषयमा अनौपचारिक छलफल भइसकेको छ । यसअनुसार उनीहरुबीच लगभग अनौपचारिक सहमतिसमेत जुटिसकेको बताइएको छ । नेताहरुबीच भएको छलफलअनुसार एमालेले कोशी, गण्डकी र कर्णाली, माओवादीले वाग्मती र लुम्बिनी प्रदेशको मुख्यमन्त्री लिने छन् । यसैगरी जसपाले मधेश तथा नागरिक उन्मुक्तिले सुदूरपश्चिमको मुख्यमन्त्री पाउनले लगभग निश्चित छ ।
नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपी शर्मा ओली र एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालबीच हिजो भएको अनौपचारिक छलफलमा प्रदेशको भागबन्डा आजसम्म टुंग्याउने सहमति भएको थियो । तीन नेताबीच कोशीमा पहिलो चरणमा एमाले, दोस्रो चरणमा माओवादी, मधेशमा जनता समाजवादी पार्टीको नेतृत्वको सरकार निरन्तरता र दुई वर्षपछि एमाले, वाग्मतीमा माओवादीकै निरन्तरता र त्यसपछि एमालेले लिने गरी सहमति भएको छ ।
गण्डकी र लुम्बिनीमा भने पहिले माओवादी, त्यसपछि एमालेको मुख्यमन्त्री हुने छन । कर्णालीमा माओवादीको नेतृत्व परिवर्तन गरी एमाले र सुदूरपश्चिममा नागरिक उन्मुक्तिलाई मुख्यमन्त्री दिने गरी गृहकार्य छ । तर एकीकृत समाजवादीका अध्यक्ष नेपालले मधेश वा वाग्मतीमा आफ्नो पार्टीलाई केही समय मुख्यमन्त्री दिनुपर्ने दाबी गरेका छन।



प्रतिक्रिया दिनुहोस्

यो पनि हेर्नुहोस्...