स्थानीय तहसंग जलाधार कार्यक्रमको सुझाव संकलन


भू–तथा जलाधार व्यवस्थापन कार्यालय जुम्लाले जिल्लाका आठवटै स्थानीय तहसंग आगामी वर्षको जलाधार तथा उपजलाधारको वार्षिक कार्यक्रमका लागि सुझाव संकलन गरेको छ । प्रदेश सरकारले ल्याउने आगामी वर्षको नीति तथा कार्यक्रममा जलाधार क्षेत्रमा गरिने दिगोपन कार्यक्रमलाई कार्यान्वयन गर्नेका लागि स्थानीय सरकारको भुमिका र उचित राय सुझाव संकलन गर्नेका लागि जिल्लास्थित सबै सरोकारवालासंग जलाधार तथा उपजलाधार सम्बन्धी अन्तरक्रिया गोष्ठी कार्यक्रम गरेको कार्यालय प्रमुख हिमालय साउदले जानकारी दिनुभयो ।
प्रथम पञ्च वर्षीय योजनामा भू तथा जलाधार व्यवस्थापन र कर्णाली बेसीनको रणनितिक तथा जिल्लागत रुपमा प्रस्ताव गरिएका उप जलाधार क्षेत्रहरु सहित आगामी वर्षको वार्षिक कार्यक्रमका लागि सुझाव संकलन यहाँका सरोकारवालासंग मागेको कार्यालय प्रमुख साउदले भन्नुभयो,“ भू उपयोग विकास,उप जलाधार योजना तर्जुमा,उप जलाधार प्राथमिकरण,पानी सेडिमेन्ट व्यवस्थापन र प्राकृतिक प्रकोप रोकथाममा भू तथा जलाधार संरक्षण कार्यक्रममा कार्यालयले विशेष प्रथामिकतामा राखेर काम गरेको कार्यालय प्रमुख साउदको भनाइ छ । ”
सिंजा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले स्थानीय तहले जलाधार क्षेत्रमा स्थानीय तहले गर्न कार्यक्रमका लागि कार्यालयसंग सहकार्य गरेर काम गरिने बताउनुभयो । आवश्यक प्राविधिक सहयोग जलाधार कार्यालय गर्नुपर्छ । जिल्लाको उच्च जोखिम र कम जोखिम क्षेत्रको पहिचान गरेर काम गर्दा उपयूक्तहुने सिंजा गाउँपालिका अध्यक्ष धितालको भनाइ छ ।
पालिकाले स्वाकृति गरेका जलाधारका योजनालाई प्रदेश सरकारले आवश्यक बजेट व्यवस्थापन गर्न सकेको छ्रैन । आवश्यकता अनुसार योजना छनौटमा कार्यालयको ध्यान जान जरुरी रहेको तातोपानी गाउँपालिका अध्यक्ष नन्दप्रसाद धितालले बताउनुभयो । स्थानीय तहले जलाधार क्षेत्रमा देखिने गरी काम गर्न आवश्यक छ । नदीमा जथाभावी रुपमा बालुवा गिट्टी निकाल्ने काम भइरहेको छ । नदी र वातावरण संरक्षणमा स्थानीय तहको भुमिका महत्वपूर्ण रहेको जिसस प्रमुख गौरिनन्द आचार्यले जानकारी दिनुभयो । प्रदेश र स्थानीय सरकारले जलाधार क्षेत्रलाई संरक्षण तथा रोकथाम गर्न आवश्यक छ । जनताको प्रत्यक्ष सहभागीमा योजना छनौट गरी काम गर्न तीनवटै सरकारलाई जिल्लाका राजनीतिक दलले सुझाव दिएकाछन् ।
स्थानीय तहले पनि आवश्यक बजेट जलाधार कार्यक्रमका लागि विनियोजित गरेको छ । योजनालाई कार्यान्वयन गर्नेका लागि स्थानीय तह र जलाधार कार्यालय बिच एक आपसमा समन्वयबाट काम गर्न आवश्यक रहेको तिला गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढ्थापाले बताउनुभयो । शुक्रबार जिल्लाका स्थानीय तहका अध्यक्ष,उपाध्यक्ष,प्रशासकीय अधिकृत सहित यहाँका राजनीतिक दल,संचारकर्मी र सरोकारवालासंग जलाधार तथा उपजलाधार सम्बन्धी अन्तरक्रिया गोष्ठी कार्यक्रम सम्पन्न गरेको भू तथा जलाधार व्यवस्थापन कार्यालय जुम्लाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो पनि हेर्नुहोस्...