पूर्ण चौलागाईँ जुम्ला।
जुम्लाका युवालाई स्वराेजगार बनाउन विभिन्न सीपमूलक तालीम प्रदान गरिएका छन्। तिला गाउँपालिकामा एक महिने सिलाईकटाई र पलम्बर, ताताेपानी गाउँपालिकामा विद्युत ओइरिङ र पलम्बर तालिम संचालनमा रहेका छन्। त्यस्तै जुम्ला सदरमुकाममा संचालित एक महिने मोबाइल मर्मत तथा कुकिङ्ग तालिम समापन गरिएको छ। वर्ड भिजन इन्टरनेशनल नेपालकाे आर्थिक सहयाेग र किर्डाक नेपालकाे आयाेजनामा ७ जनालाई १ महिने माेवाइल रिपेरिङ तथा १६ जनालाई कुकिङ्गकाे तालिम दिइएको हाे। काेराेना पछि युवा पिँढिलाई राेजगार सँग जाेड्नका लागि तालिम दिइएकाे किडार्क नेपालका जिल्ला संयाेजक दिपराज रावतले बताए ।
अभिभावक आम्दानीमा जाेडिएपछि बाल समृद्धि हासिल हुने हुँदा स्वराेजगारमुलक तालिम दिने गरिएकाे उनले बताए ।
प्रमाण पत्र समेत दिइने हुँदा युवालाई स्वदेश तथा विदेशमा राेजगारीका अवशर प्राप्त हुने उनले बताए ।
माेवाइल मर्मत तथा कुकिङ्गमा सहभागी तिलक चाैंलागाईले युग सुहाउदाे तालिम भएकाे बताए । पसल सञ्चालन गरेपनि सीप विकासकाे वातावरण मिलेकाे थिएन, यस पटककाे तालिमले व्यवसायिक बन्न प्रेरित गरेकाे उनले बताए।
राइकाेसा राेकायाले हाेटल सञ्चालन गरेपनि सीपकाे अभाव रहेकाे बताइन। गाउँ घरमै उत्पादित रैथाने कृषि उपजबाट थरीथरीका परिकार बनाउन सकिने सीप सिकिएकाे उनले बताइन्। सिसेकाे सीप लागू गर्ने समेत उनले प्रतिबद्धता जनाइन।
कुकिङ्गका प्रशिक्षक चित्र बुढाले सबैकाे माझमा सीप बाँड्न पाउदा खुसि लागेकाे बताए । सिकेकाे सीप लागू गर्न उनले सहभागीलाई अनुराेध गरे। किर्डाक नेपालकाे राइज परियाेजना अधिकृत ऐन बहादुर कठायतले माेवाइल रिपेरिङमा ७ जना परिक्षार्थीलाई १ महिना सम्म २ लाख ९८ हजार खर्च भएकाे बताए ।
१६ जनालाई कुकिङ्ग तालिममा १ महिना सम्म ३ लाख ३८ हजार १ सय ९२ रुपैंया खर्च भएकाे छ।
तिला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेक बहादुर बुढ्थापाले सीप मार्फत आम्दानीमा जाेडिनु आजकाे आवश्यकता बनेकाे बताए । याे तालिम पश्चात् व्यवसायमा थप सफलता मिल्ने बताए।
प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले मुलुकमा राेजगार नभएको तर्क गर्नु गलत हुने बताए । सीप र साेचले स्वराेजगार सृजना गर्ने पक्षमा सबैले ध्यान दिनुपर्ने उनले बताए । उद्यमशीलता र दक्षतामा स्थानीय तह लाग्नुपर्ने उनले बताए ।
यस्तै तातोपानी गाउँपालिकाका अध्यक्ष नन्द प्रसाद चाैंलागाईले तालिमलाई प्रभावकारी बनाउन बजारकाे आवश्यकता अनुसार तालिमका प्रकार निर्धारण गर्नुपर्नेमा जाेड दिए। हाेटल व्यवसायमा पर्यटन जाेडिने हुँदा कुकिङ्गकाे तालिम जुम्लाकाे सन्दर्भमा प्रभावकारी हुने उनले बताए ।
जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गाैरिनन्द आचार्यले तालिममा सहभागी हुनैपर्ने नव उद्यमी तथा व्यवसायीलाई तालिम दिएकाे भन्दै आयाेजकलाई धन्यवाद ज्ञापन गरेका छन्।