
जुम्ला ः जुम्लाको कनकासुन्दरी गाउँपालिका – ६ मा विपद् जोखिम न्यूनिकरण तथा पूर्वतयारी सम्वन्धी दुई दिने तालिम सम्पन्न भएको छ । कारीतास नेपाल र पेस नेपाल जुम्लाद्वारा संचालित एकीकृत खाद्य सुरक्षा, बिपद जोखिम न्युनिकरण तथा जलवायु अनुकुलन परियोजना अन्तर्गत दुई दिने तालिम सञ्चालन गरिएको हो ।
बिपद ब्यवस्थापन समिति र बिपद् कार्यदललाई बिपद् जोखिम न्युनिकरण तथा पुर्वतयारी सम्बन्धी दुई दिने तालिम संचालन गरिएको हो । तालिममा वडाध्यक्ष, वडा सदस्य, वडा बिपद ब्यवस्थापन समितिका सदस्य, पालिकास्थित बिपद् कार्यदलका पदाधिकारीको उपस्थितमा तालिम सञ्चालन गरिएको हो ।
यो तालिममा बिपद शब्दावली, स्थानीय स्तरमा बिपद् ब्यवस्थापन, बिपद ब्यवस्थापन समितिको काम कर्तव्य अधिकार जस्ता बिषयमा छलफलसहित प्रशिक्षण गरिएको थियो ।




हाम्रो कर्णाली । ४ फाल्गुन २०७९, बिहीबार १९:०९