जुम्लामा बागेश्वरी असल शासन क्लब गठन


जुम्ला ः जुम्लामा बागेश्वरी असल शासन क्लब (बास) गठन गरिएको छ । विहिबार जुम्लाको सदरमुकाम खलङ्गा बजारमा आयोजित एक कार्यक्रमले क्लब (बास) गठन गरेको हो । बास जुम्लाको संयोजकमा भिम प्रसाद उपाध्याय, सह–सचिवमा निरु भण्डारी, उपाध्यक्षमा अनिता बुढा, सचिवमा प्रेम बिष्ट, कोषाध्यक्षमा सारादा पछाई चयन भएका छन् ।
क्लबको बरिष्ठ सदस्यमा दशरथ चनारा, सदस्यमा बसन्ती कुंवर, बिक्रम तिरुवा, विरेन्द्र बुढा, तारा बिष्ट, भगवती भण्डारी र गंगा बाँनिया चयन भएका छन् ।
सल्लाहकार समितिमा पत्रकार महासंघ जुम्ला, नागरिक समाज र आवाज जस्ता संस्था रहेका छन् ।
कार्यक्रममा सह संयोजक अनिता नेपालीले बागेश्वरी असल शासन क्लब (बास) जुम्लाले ढिलासुस्ती र भ्रष्टाचार बिरुद्घ संगठित भएर आवाज उठाउने बताइन् । उनले थपिन् “म एउटा सामाजिक अभियान्ता भएर काम गर्दा मैले धेरै ठाउँमा सुशासनका विषयमा आवाज उठाएको थिए । तर मैले उठाएको आवाज केही काममा आए त केही बिलिन भए । त्यसैले अब एक्लैले भन्दा पनि संगठित भएर जुम्लामा भईरहेका बिकृति, भ्रष्टाचार, छुवाछुत, लैंगिक हिंसा, बालबिबाह लगायतका सामाजिक कुप्रथाका विषयमा एक जुट भएर अगाडी जान सहज हुने भएकाले यस संस्थामा आबद्घ भएको हुँ ।”
कार्यक्रममा उपस्थित नेपाल पत्रकार महासंघ शाखा जुम्लाका अध्यक्ष नेत्रबहादुर शाहीले बागेश्वरी असल शासन क्लबले (बास) जुम्लामा सुशासन कायम राख्न र सचेतना जगाउने कार्यक्रम गरेको बताउदै जुम्ला शाखाले उत्कृष्ट काम गर्नु पर्ने बताए । उनले भने यस कार्यमा मिडिया लगायत नेपाल पत्रकार महासंघ जुम्ला शाखाको पनि साथ र सहयोग रहने छ ।
कार्यक्रममा पत्रकार, बिज्ञ, यूवा, सामाजिक कार्यकर्ता लगायत विभिन्न संघ संस्थामा आवद्घ व्यक्तिहरुको उपस्थिति रहेको थियो ।




तपाईको प्रतिक्रिया