प्रदेशस्तरीय फुटबल विजेता जुम्लाको टिम सम्मानित हुने क्रम जारी

पूर्ण चौलागाईँ जुम्ला। जुम्लामा सम्पन्न कर्णाली प्रदेशस्तरीय पुरुष फुटबल प्रतियोगिताकाे विजेता हुने जुम्लाकाे टिमलाई सम्मान गर्ने क्रम जारिरहेको छ।

जिल्ला खेलकद विकास समिति जुम्लाले खेलाडीलाई सम्मान गरेको हो। जुम्लामा यहि फागुन १८ गते सम्पन्न कर्णाली प्रदेशस्तरीय पुरुष फुटबलमा जुम्ला विनेजा बनेकाे थियाे।आज जुम्ला फुटबल संघ जुम्लाका अध्यक्ष भरत बुढथापाको प्रमुख आतिथ्यतामा खेलाडि, प्रशिक्षक र टिम व्यवस्थापकलाई सम्मान गरिएकाे जिल्ला खेलकद विकास समिति जुम्लाका सदस्यसचिव संगिता आचार्यले बताइन्।

जिल्ला खेलकुद विकास समिति जुम्लाले खेलाडीको उच्च मनोबल बढाउनको लागि खेलाडीलाई सम्मान गरेकोमा सामाजिक बिकास कार्यालय जुम्लाका प्रमुख तुलराज चौलागाईँले समितिलाई धन्यवाद दिए।

प्रदेश स्तरीय छनोट खेलको उपाधि हात पार्नु जुम्लाको लागि ठूलो उपलब्धि भएकोले फूटबल खेललाई थप विकास गर्न सधै लागिरहने जिल्ला खेलकुद विकास समिति जुम्लाका अध्यक्ष धन कृष्ण पाण्डेले बताए।

त्यसै गरी स्वतन्त्र विधार्थी युनियन जुम्लाले पनि आज कार्यक्रमको आयोजना गरी खेलाडीलाई सम्मान गरेको सचिव जयकृष्ण जैशीले बताए । प्रदेशस्तरी खेल जुम्लामा आयोजना गरी जुम्लालाई चिनाउने काम भएको र जुम्ला नै प्रथम हुनु सुखद पक्ष भएको जुम्ला बहुमुखी क्याम्पसका प्रमुख डा. ओम प्रकाश आचार्यले बताए।

जुम्ला चिनाउन सफल खेलाडीलाई प्रोत्साहन गर्नु हाम्रो दायित्व हो। खेलाडी हाम्रा गहना हुन्। आगामी दिनमा थप उत्साहित बनाउन खेलाडीलाई सम्मान गरिएको स्वतन्त्र विधार्थी युनियन जुम्लाका सभापति महेश हमालले बताए ।

जुम्ला फुटबल टिमका टीम म्यानेजर राज वहादुर खत्रीले खेलाडी राष्ट्रका गहना भएकोले उनीहरुलाई उत्साहितको लागि सम्मान गरेकोमा स्वतन्त्र विधार्थी युनियन जुम्लालाई धन्यवाद दिए।




तपाईको प्रतिक्रिया