प्रदेश स्तरीय फुटबल छनोटमा जुम्ला र हुम्ला फाइनलमा

पूर्ण चौलागाईँ जुम्ला।
प्रथम कर्णाली प्रदेश स्तरीय पुरूष फुटबल प्रतियोगितामा जुम्ला र हुम्ला फाइनलमा प्रवेश गरेको छन्। आज भएको जुम्लाले सुर्खेतलाई र हुम्लाले कालिकोटलाई हराउँदै जुम्ला र हुम्ला फाइनलमा प्रवेश गरेका हुन्। पहिलो खेल सुर्खेत र जुम्ला बीच भएको थियो। निर्धारित समयमा दुवै जिल्लाले १/१ गोल गरेका थिए। पेनाल्टी सुट आउतम्मा ५ गोलका बिरुद्ध ६ गोल गरी जुम्ला विजयी भएको हो।गएको थियो। आजको दोर्सो खेल हुम्ला र कालीकोट बीच १ बजे भएको थियो। सो खेलमा १ गोलका बिरुद्ध २ गोल गरी हुम्ला विजयी भएको छ।


भोलि दिउँसो १ बजे राँझासिम स्थित जुम्ला रंगशालामा जुम्ला र हुम्लाको फाइनल खेल हुने जिल्ला फूटबल संघ जुम्लाले जनाएको छ।
१० औं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि छनोट गर्न सो प्रतियोगीता जुम्लामा सुरु भएको हो। सो प्रतियोगिता २०८१ मंसीर २ गते देखि ९ सम्म कर्णाली प्रदेशमा हुने भएको छ।




तपाईको प्रतिक्रिया