प्रथम कर्णाली प्रदेश स्तरीय फुटबल छनोटमा सुर्खेतलाई हराउँदै जुम्ला फाइनलमा

पूर्ण चौलागाईँ जुम्ला। प्रथम कर्णाली प्रदेश स्तरीय पुरूष फुटबल प्रतियोगितामा जुम्ला फाइनलमा प्रवेश गरेको छ । आज भएको जुम्ला र सुर्खेत बीच भएको खेलमा सुर्खेतलाई हराउँदै जुम्ला फाइनलमा प्रवेश गरेको हो।

निर्धारित समयमा दुवै जिल्लाले १/१ गोल गरेका थिए। खेल ट्राईबेकारमा गएको थियो। ट्राईबेकारमा जुम्लालाई सुर्खेतलाई हराएको जुम्ला जिल्ला फुटबल संघका महासचिव दीपेन्द्र विक्रम हमालले बताए । आजको दोर्सो खेल हुम्ला र जाजरकोट बीच १ बजे हुने भएको छ। १० औं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि छनोट गर्न सो प्रतियोगीता जुम्लामा सुरु भएको हो। सो प्रतियोगिता २०८१ मंसीर २ गते देखि ९ सम्म कर्णाली प्रदेशमा हुने भएको छ।




तपाईको प्रतिक्रिया