सडक र पुल निर्माणकाे कामलाई अगाडि बनाउन भन्दै पातारासिका स्थानीयवासिद्वारा पुर्वाधार कार्यालयलाई ध्यानाकर्षण -पत्र

पूर्ण चौलागाईँ
जुम्ला,१५ फागुन : जुम्लाको पातारासि गाउँपालिकाका स्थानीयवासिद्वारा पालिका भित्र संचालनमा रहेका सडक र पुल निर्माणलाई छिटोभन्दा छिटो अगाडि बढाउन भन्दै भाैतिक पुर्वाधार विकास कार्यालय जुम्लालाई ध्यानाकर्षण पत्र बुझाएका छन् । मंगलबार कार्यालयमै पुगेर कार्यालय प्रमुख पदम प्रसाद देवकोटालाई ध्यानाकर्षण पत्र बुझाउँदै पातारासिका स्थानीयवासि भत्तबहादुर बुढाले भन्नुभयो ,” पातारासि गाउँपालिकाहुदै मुगुको रारातालसम्म जाेड्ने सडक र लुममा निर्माण हुने पक्की पुलको ठेक्का छिट्टै अगाडि बढाई राेकिएका सडक निर्माणका कामलाई गति दिन र कार्यालयकाे गम्भीर ध्यानाकर्षण गराउनका लागि यहाँका स्थानीयवासिले ध्यानाकर्षण पत्र बुझाउन बाध्य भएको पातारासिका स्थानीयवासि भत्तबहादुर बुढाकाे भनाइ छ। ” लुममा निर्माण हुने पक्की पुलको टेन्डरकाे काम अगाडि बढेको छ। ठिन्केहुदै रारा जाने सडक निर्माणलाई कार्यालयकाे मुख्य प्रथामिकतामा परेको कार्यालय प्रमुख देवकोटाले जानकारी दिनुभयो ।
यस्तो छ स्थानीयवासिले बुझाएको ध्यानाकर्षण -पत्र



प्रतिक्रिया दिनुहोस्

यो पनि हेर्नुहोस्...