प्रथम कर्णाली प्रदेश स्तरीय फुटबल जुम्लामा हुँदै, पहिलो दिन हुम्ला र जाजरकोट भिड्दै

पूर्ण चौलागाईँ जुम्ला।
प्रथम कर्णाली प्रदेश स्तरीय पुरूष फुटबल प्रतियोगिता भोलिदेखि जुम्लामा सुरु हुने भएको छ। दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि छनोट गर्न सो प्रतियोगीता जुम्लामा सुरु हुन लागेको हो।


भोलिको पहिलो खेल हुम्ला र जाजरकोट बीच नेपाली सेनाको खेल मैदानमा दिउँसो १२:३० बजे हुने भएको जुम्ला जिल्ला फुटबल संघका महासचिव दीपेन्द्र विक्रम हमालले बताए। उनका अनुसार कर्णाली प्रदेशका १० जिल्लाहरुमध्ये ६ जिल्ला जुम्ला,हुम्ला,मुगु, कालिकोट, सुर्खेत र जाजरकोट ले भाग लिने भएका छन्। फागुन १६ गते बिहान ९ बजे मुगु र सुर्खेत बीच खेल हुने भएको छ।
फागुन १५ गतेदेखि १९ गतेसम्म उक्त प्रतियोगिता संचालन गरिने भएको छ।




तपाईको प्रतिक्रिया