
जुम्ला । जुम्लाको ताताेपानी गाउँपालिकाले अर्धवार्षिक सार्वजानिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ । बिहीबार चालू आर्थिक वर्ष २०८०/८१ काे अर्धवार्षिक सार्वजानिक सुनुवाई कार्यक्रममा पालिकाबाट संचालित याेजना,बजेट लगायत अन्य गतिविधिबारे जानकारी दिंदै पालिकाका सुचना अधिकारी तथा याेजना शाखाका प्रमुख ओम बहादुर चन्दले पालिकाकाे अर्धवार्षिक भाैतिक तथा वित्तिय प्रगति विवरण प्रस्तुत गरेका थियो ।
जस अनुसार समानीरकण बजेट अन्तर्गतका कुल ७६ वटा याेजना मध्य ९ वटा याेजना निर्माण सम्पन्न भई अन्तिम भुक्तानी भईसकेकाे याेजना अधिकृत चन्दले जानकारी दिनुभयो । ठेक्का पट्टाका कुल ७ वटा याेजनामध्य ४ वटा सम्झाैता भई कार्यान्वयन चरणमा रहेका छन् । भने २ वटा ठेक्काकाे आसय पत्र निकालिएकाे छ । गाेठिचाैर छायाकुना ट्रेल ब्रिजकाे पुन ठेक्का आह्वान भएकाे छ ।
वित्तिय प्रगती
अन्तर्गत अर्बवार्षिक खर्च कु बजेटकाे ३२.१३ प्रतिशत खर्च भएकाे छ । कुल बजेट ५५ कराेड ६० लाख २५ हजार मध्य १७ कराेड ८६ लाख ८८ हजार ४७९ रुपैया खर्च भएकाे छ ।
पुँजीगत तर्फ कुल १८ कराेड १९ लाख ५६ हजार मध्य २ कराेड ९७ लाख ५० ३५६ अर्थात १६.३५ प्रतिशत खर्च भएकाे छ । चालू तर्फ ३७ कराेड ४० लाख ६९ हजार मध्य १४ कराेड ८९ लाख १८ हजार १२३ रुपैया अर्थात ३९.८१ खर्च प्रगती विवरणमा उल्लेख छ ।
चालू आवमा ८ वटा नीति निर्माण गरिएकाे छ । भने श्रमदान अभियान अन्तरर्गत ६ वटा याेजना निर्माण सम्पन्न भएका छन् । ताताेपानी गाउँपालिका अध्यक्ष नन्दप्रसाद चाैलागाँईले पालिकाकाे विकास निर्माण तथा सेवा प्रवाहका सवालमा उठेका सबै जिज्ञासहरुकाे संबाेधन गरेको थियो ।
ताताेपानीमा माघ २५ गतेबाटै विधालय सञ्चालन गर्ने पूर्व निर्णय बमाेजिम शिक्षा समितिले अनुगमन गरिरहेकाे उल्लेख गरे ।उनले भने,’ताताेपानी सेवा सुशासन तथा पूर्वाधार विकासमा जाेड दिदै आएकाे छ । हामीले असारे विकासकाे अन्त्य गर्न बैशाखमै याेजना निर्माण र अन्तिम भुक्तानी दिने याेजना छ । साेहिनुसार नियमित काम चुस्त बनाउन लागि परेका छाै ।
एक सयबढी करार कर्मचारी रहेकाे काम नगर्ने,नियमित कार्यालय नआउने कर्मचारीलाई कारबाहि गरिने उल्लेख गरे । स्वास्थ्य,शिक्षा,कृषि,पर्यटन सबै क्षेत्रकाे पूर्वाधार विकास र सेवा प्रवाहलाई चुस्त बनाउन सिंहाे गाउँपालिका केन्द्रित रहेकाे उनकाे भनाई छ ।निवर्तमान गाउँपालिका अध्यक्ष नवराज न्याैपानले ताताेपानीले गरेका उत्कृष्ट कामकाे प्रशंसा गरे । साथै पुराना जनप्रतिनिधिले गरेका कामकाे कुनै अभिलेख पालिकामा नराखेकाे प्रति ध्यानकर्षण गराए । हिमाली क्षेत्रका लागि आर्थिक वर्ष प्रतिकुलका बाबजुत पनि काम गर्न सक्नु पूर्व अध्यक्ष नवराज न्यौपानेकाे भनाई छ ।
हामीले सुरु गरेका विगतका योजनाहरु समेत निरन्तरता दिनु साह्रै सकारात्मक कुरा हो, ‘धेरै योजनाहरु गतिशील तरिकारले चल्नु राम्रो पक्ष हो।’ गाउँपालिका उपाध्यक्ष रेवती रावलले महिला शसक्तिकरण,उधमशीलता विकास तथा छिटाे छरिताे सेवा प्रवाहमा पालिकाले प्रथामिकता दिदै आएकाे उल्लेख गरिन् ।
प्रमुख प्रशासकिय अधिकृत तिर्थ बहादुर कठायतले सेवा प्रवाहलाई चुस्त राख्न तथा शुसासन पारर्दशिता कायमका लागि नागरिककाे गुनासाे सुन्न सार्वजानिक सुनुवाई कार्यक्रम गरिएकाे बताउनुभयो । जनताका सबै सुविधा दिन नसके पनि उहाँहरुको मतको कदर गर्ने गरिरहेकाे र स्थानीय सरकार संचालन ऐन २०७४ अनुसार हामीले ऐन नियमको परिधिभित्र काम भइरहेको तातोपानी गाउँपालिका -५ का अध्य छिरिङ महतको भनाइ छ।




हाम्रो कर्णाली । ३ फाल्गुन २०८०, बिहीबार २१:२२