
पूर्ण चौलागाईँ जुम्ला।
चन्दननाथ नगरपालिका वडा नम्बर ५ उधाेग बाणिज्य संघ नुजिकै रया कोसेली घरमै बेलिबाहा आगो लाग्या छ। आगो लाग्या पछि लाखौं रुपियाँ पढ्न्या सामान पोलीकान नोक्सान भया छ।
बेलीबाहा रात १ बज्या सुमयमै आगो लाग्या लाग्या छियो। आगोले त्यै कोसेली घरपुडो बेईनं राख्या मार्सी चामल, सिमी, भट्ट, कोदो, पापर, स्याउका चाना , दाँते ओखर, खराया उना टोपि, लिऊ,फेरुवा पोलिकन् नोक्सान भया कुडा त्यै कोसेली घर चलाउन्या मान्ठ गोविन्द आचार्यले भून्या छुन। आगो लाग्या पछि करिब ३५ लाख पड्न्याँ सामान पोलीकन नोक्सान भया छ ।
आगो क्या गरीकन लाग्यो त्यो खोजिनीति गरी रया कुडा जिल्ला प्रहरी अड्डा जुम्लाले जुनेस् गर्या छ।




हाम्रो कर्णाली । ७ माघ २०८०, आईतवार २०:५१