भेरिखाेलाकाे दार्मिटाकुरामा झोलुङ्गे पुल निर्माण

जुम्ला । जुम्लाको तातोपानी गाउँपालिका – ७ स्थित दार्मिटाकुरामा झोलुङ्गे पुल निर्माणहुदाँ सो वडाका स्थानीयवासिलाई आवतजावत गर्नमा सहज भएको छ । गाउँपालिका ,फोरएस संस्था र स्थानीयवासिको श्रमदानमा झोलुङ्गे पुल निर्माण भएको वडाध्यक्ष तिलक रावतले जानकारी दिनुभयो ।
२०७९ सालको असोज १९ देखि २५ गतेसम्म आएको अविरल बाढी पहिरोले सोही ठाउँमा काठेपुल बगाएपछि स्थानीयवासिलाई आवातजावत गर्ने समस्या भएको थियो । स्थानीय सरकारको लगानीमा झोलुङ्गे पुल निर्माण भएपछि यहाँका नागरिकमा खुसी छाएको वडाध्यक्ष रावतको भनाइ छ ।
पुल निर्माण नहुँदा उक्त वडाका ६० घरधुरीलाई आवतजावतमा निकै समस्या  भएको थियो । अहिले पुल निर्माण भएपछि स्थानीयवासिलाई राहत भएको पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष खेमराज थापाले बताउनुभयो । पुल नहुँदा निकै जोखिम मोलेर यात्रा गर्नु परेको थियो ।
अब पुल निर्माण भई संचालनमा आएदेखी तातोपानी –७ का आम नागरिकलाई सहज भएको गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईले जानकारी दिनुभयो । कुल ४२ लाख लगानीमा झोलुङ्गे पुल निर्माण हो । तातोपानीमा हालसम्म १५ वटा झोलुङ्गे पुल निर्माण सम्पन्न भई संचालनमा आएको फोरएसका प्राविधिक अधिकृत पुर्ण बहादुर थापाको भनाइ छ ।



प्रतिक्रिया दिनुहोस्

यो पनि हेर्नुहोस्...